YouVersion लोगो
खोज आइकन

इतिहासको पहिलो पुस्तक 15:1-16

इतिहासको पहिलो पुस्तक 15:1-16 NERV

दाऊदले आफ्नो निम्ति दाऊदशहरमा राजमहलहरू बनाए। तब तिनले करारको सन्दूक राख्नलाई एउटा स्थान बनाए। तिनले त्यसका निम्ति पाल टाँगे। तब दाऊदले भने, “लेवीहरूलाई मात्र करारको सन्दूक बोक्ने अनुमति छ। किनभने तिनीहरू हुन् जसलाई परमप्रभुले करारको सन्दूक बोक्न अनि सदा-सर्वदा उहाँको सेवा गर्नका निम्ति छान्नु भएको थियो।” दाऊदले इस्राएलका सबै मानिसहरूलाई यरूशलेममा एकसाथ भेट्नु भने जब लेवीहरूले करारको सन्दूकलाई बोकेर तिनले यसको निम्ति बनाएको स्थान मा ल्याउने छन्। दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एक साथ बोलाए। कहातका परिवार समूहबाट 120 मानिसहरू थिए। ऊरीएल तिनीहरूका मुखिया थिए। मरारीका परिवार समूहबाट 220 मानिसहरू थिए। असायाह तिनीहरूका अगुवा थिए। गेर्शोमका परिवार समूहबाट 130 जना मानिसहरू थिए। योएल तिनीहरूका अगुवा थिए। एलीसापानका परिवार समूहबाट 200 मानिसहरू थिए। शमायाह तिनीहरूका मुखिया थिए। हेब्रोनका परिवार समूहबाट 80 जना मानिसहरू थिए। तिनीहरूका मुखिया एलीएल थिए। उज्जीएलका परिवार समूहबाट 112 जना मानिसहरू थिए। तिनीहरूका मुखिया अम्मोनीदाब थिए। तब दाऊदले पूजाहारीहरू, सादोक अनि अबियाथारलाई तिनी कहाँ आउनु भने। दाऊदले यी लेवीहरूलाई पनि तिनी कहाँ आउनु भने, उरीएल, असायाह, योएल, शमायाह, एलीएल अनि अम्मीनादाब। दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ। अघिल्लो पल्ट करारको सन्दूक कसरी बोक्नु पर्ने भनी हामीले परमप्रभुलाई सोधेनौं। तिमी लेवीहरूले त्यो बोकेनौ अनि त्यसै कारण परमप्रभुले हामीलाई दण्ड दिनुभयो।” तब पूजाहारी र लेवीहरूले स्वयंमलाई पवित्र तुल्याए जसद्वारा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको करारको सन्दूक बोक्न सके। लेवीहरूले मोशाले आदेश गरे झैं करारको सन्दूकलाई आफ्ना काँधमा बोक्नको निम्ति विशेष डन्डा प्रयोग गरे। तिनीहरूले करारको सन्दूक परमप्रभुले भन्नु भए अनुसार बोके। दाऊदले लेवीहरूलाई आफ्ना सङ्गीतकार दाज्यू-भाइहरूलाई ल्याउनु भने। सङ्गीतकारहरूले बाजा, वीणा, सारङ्गी अनि झ्यालीहरू ल्याउनु पर्ने अनि खुशीको गीत गाउनु पर्ने थियो।