हरेक रात सुत्दा, मैले मेरा प्रियतमलाई सपनामा देख्थें, मैले उनलाई खोज्दथें तर भेट्टाउँदैनथें। मैले सहर चाहारेर हेरें, त्यसका गल्ली र चोकतिर चाहारें। मैले मेरा प्रियतमलाई खोजें तर उनलाई भेट्टाइनँ। सहरमा गस्ती लाउने प्रहरीहरूले मलाई देखे। मैले तिनीहरूलाई सोधें, “के तपाईंहरूले मेरा प्रियतमलाई देख्नुभयो?” तिनीहरूलाई छोडेर केही हिंडेको मात्र थिएँ मैले मेरा प्रियतमलाई भेटें। मैले उनलाई समातें, मेरी आमाको घरमा, अँ, म जन्मेको कोठामा नपुर्याएसम्म मैले उनलाई छोडिनँ।
श्रेष्ठगीत 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 3:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू