YouVersion लोगो
खोज आइकन

रोमी 8:34-39

रोमी 8:34-39 सरल नेपाली

त्‍यसो हुँदा तिनीहरूलाई दण्‍डको भागी बनाउने कोही पनि हुनेछैन किनभने ख्रीष्‍ट नै तिनीहरूको साटोमा दण्‍ड भोगेर मर्नुभएको छ। उहाँ मर्नु मात्रै भएन, योभन्दा ठूलो कुरा मरेर फेरि जिवित परिनुभयो। अहिले उहाँले परमेश्‍वरको साथमा रहेर राज्‍य गरिरहनुभएको छ। अनि उहाँले हाम्रो लागि परमेश्‍वरसित बिन्‍ती पनि गर्नुहुन्‍छ। अब के कुनै कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍दैन। हामीलाई दु:ख हुन सक्‍छ, कठिनाइ र खेदो आउन सक्‍छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्‍छ, हामी त्‍यस्‍तै कुनै ठूलो आपत्‌मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कहिल्‍यै पनि सक्‍दैन। हामीलाई दु:ख हुन्‍छ भनेर त धर्मशास्‍त्रमा पनि बताइएको छ, “तपाईंको लागि त हामी दिनदिनै मारिन्‍छौं। हामी काट्‍न तयार पारिएका भेडाझैँ छौं,।” यी सबै कुरा भए पनि हामीलाई प्रेम गर्नुहुने ख्रीष्‍टद्वारा नै हामीले यी सबै कुरामाथि ठूलो जित पाएका छौं किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्न सक्‍दैन। नता मृत्‍युले, नता जीवनले न स्‍वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको, नता पछिको न माथिको न तलको, सृष्‍टिका कुनै शक्तिले पनि हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्न सक्‍दैन किनभने परमेश्‍वरले ख्रीष्‍टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।

रोमी 8 पढ्नुहोस्

रोमी 8:34-39 को लागि पद छवि

रोमी 8:34-39 - त्‍यसो हुँदा तिनीहरूलाई दण्‍डको भागी बनाउने कोही पनि हुनेछैन किनभने ख्रीष्‍ट नै तिनीहरूको साटोमा दण्‍ड भोगेर मर्नुभएको छ। उहाँ मर्नु मात्रै भएन, योभन्दा ठूलो कुरा मरेर फेरि जिवित परिनुभयो। अहिले उहाँले परमेश्‍वरको साथमा रहेर राज्‍य गरिरहनुभएको छ। अनि उहाँले हाम्रो लागि परमेश्‍वरसित बिन्‍ती पनि गर्नुहुन्‍छ। अब के कुनै कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍दैन। हामीलाई दु:ख हुन सक्‍छ, कठिनाइ र खेदो आउन सक्‍छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्‍छ, हामी त्‍यस्‍तै कुनै ठूलो आपत्‌मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कहिल्‍यै पनि सक्‍दैन। हामीलाई दु:ख हुन्‍छ भनेर त धर्मशास्‍त्रमा पनि बताइएको छ,
“तपाईंको लागि त हामी दिनदिनै मारिन्‍छौं।
हामी काट्‍न तयार पारिएका भेडाझैँ छौं,।”
यी सबै कुरा भए पनि हामीलाई प्रेम गर्नुहुने ख्रीष्‍टद्वारा नै हामीले यी सबै कुरामाथि ठूलो जित पाएका छौं किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्‍टको प्रेमबाट हामीलाई अलग गर्न सक्‍दैन। नता मृत्‍युले, नता जीवनले न स्‍वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको, नता पछिको न माथिको न तलको, सृष्‍टिका कुनै शक्तिले पनि हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्न सक्‍दैन किनभने परमेश्‍वरले ख्रीष्‍टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।