रोमी 8:34-39
रोमी 8:34-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले वा तरवारले? यस्तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्छौं, काटिने भेड़ाहरूजस्तै हामीहरू गनिएका छौं।” होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढ़ी छौं। किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले, वा शक्तिहरूले, उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन।
रोमी 8:34-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसो हो भने दोष लगाउने को हो त? कोही छैन; ख्रीष्ट येशू, जो मर्नुभयो; त्यसभन्दा बढी उहाँ मरेकाबाट पुनर्जीवित हुनुभयो। उहाँ, जो परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। अनि हाम्रा निम्ति अन्तर्बिन्ती गरिरहनुभएको छ। हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले? यस्तो लेखिएको छ: “तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ; हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।” होइन यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूले भन्दा पनि अझ बढी विजय पाएका छौँ। किनकि म निश्चित छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानले, न भविष्यले, न कुनै शक्तिहरूले, न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।
रोमी 8:34-39 पवित्र बाइबल (NERV)
परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। धर्मशास्त्रले भन्छ, “तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं। मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।” तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
रोमी 8:34-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो हुँदा तिनीहरूलाई दण्डको भागी बनाउने कोही पनि हुनेछैन किनभने ख्रीष्ट नै तिनीहरूको साटोमा दण्ड भोगेर मर्नुभएको छ। उहाँ मर्नु मात्रै भएन, योभन्दा ठूलो कुरा मरेर फेरि जिवित परिनुभयो। अहिले उहाँले परमेश्वरको साथमा रहेर राज्य गरिरहनुभएको छ। अनि उहाँले हाम्रो लागि परमेश्वरसित बिन्ती पनि गर्नुहुन्छ। अब के कुनै कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्दैन। हामीलाई दु:ख हुन सक्छ, कठिनाइ र खेदो आउन सक्छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्छ, हामी त्यस्तै कुनै ठूलो आपत्मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अहँ, कहिल्यै पनि सक्दैन। हामीलाई दु:ख हुन्छ भनेर त धर्मशास्त्रमा पनि बताइएको छ, “तपाईंको लागि त हामी दिनदिनै मारिन्छौं। हामी काट्न तयार पारिएका भेडाझैँ छौं,।” यी सबै कुरा भए पनि हामीलाई प्रेम गर्नुहुने ख्रीष्टद्वारा नै हामीले यी सबै कुरामाथि ठूलो जित पाएका छौं किनभने मलाई पूरा थाहा छ, कुनै कुरोले पनि ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। नता मृत्युले, नता जीवनले न स्वर्गदूतहरूले, नता संसारको शक्तिले, नता अहिलेको, नता पछिको न माथिको न तलको, सृष्टिका कुनै शक्तिले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन किनभने परमेश्वरले ख्रीष्टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।