यो दाऊदले भनेको सुख व्यवस्थाअनुसार खतना भएकाहरूको लागि मात्र होइन, नभएकाहरूको लागि पनि हो किनभने हामीले धर्मशास्त्रअनुसार भनिहाल्यौं, “परमेश्वरले अब्राहामलाई उहाँमा विश्वास गरेकोले नै ठीक ठहराउनुभयो।” यो कहिले भयो? उनले व्यवस्थाअनुसार खतना गरेपछि कि नगर्दै? खतना गर्नुभन्दा अघि नै अब्राहामले पहिले विश्वास गरे। यसैले परमेश्वरले उनलाई खतना नगर्दै ठीक ठहराउनुभएको थियो। त्यसकारण खतनाचाहिँ उनको विश्वासद्वारा परमेश्वरले ठीक ठहराउनुभएको छाप थियो। यसरी अब्राहाम खतना नगरेको तर परमेश्वरलाई चाहिँ विश्वास मात्र गरेर ठीक ठहरिने अन्यजातिका पनि आत्मिक पुर्खा भए। यसरी नै यहूदीहरूले खतना गरेका कारणले मात्र होइन; तर तिनीहरू पनि उनको जस्तै विश्वासमा हिंडेकोले अब्राहाम ती यहूदीहरूका पनि पुर्खा हुन्। अब्राहामले व्यवस्था पालन गरेकोले होइन, तर उहाँमा विश्वासद्वारा ठीक ठहरिएकोले नै उहाँले उनलाई र उनका सन्तानलाई संसारको हकवाला बनाउने प्रतिज्ञा गर्नुभयो। व्यवस्था पालन गर्नेहरू नै हकवाला बन्ने भए विश्वास वेकामको भएर परमेश्वरको प्रतिज्ञा पनि त व्यर्थ हुनेथियो। व्यवस्था नटेर्नेहरूमाथि परमेश्वरको रिस पोखिन्छ तर व्यवस्था नभएको भए त नटेर्ने कुरै आउने थिएन। अब प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो परमेश्वरको अनुग्रहमा भर पर्दछ। यसले अब्राहामका सबै सन्तानको लागि प्रतिज्ञा पक्का गराउँछ। यो ठूलो अनुग्रह व्यवस्था हुनेहरूको लागि मात्र होइन तर अब्राहामको जस्तो विश्वास गर्नेहरूको लागि पनि हो, कारण अब्राहाम हामी सबैका पुर्खा हुन्। धर्मशास्त्रमा परमेश्वरले अब्राहामलाई भन्नुभएको छ, “मैले तिमीलाई धेरै जातिको पुर्खा बनाएको छु,।” अब्राहामले उही मरेकालाई जीवन दिने र बोलेकै भरमा नभएकालाई हुने बनाउने परमेश्वरमा विश्वास गरे। सन्तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्छु भनी विश्वास गरेर आशा राखे। परमेश्वरले यसो भन्नुभएको थियो, “तिम्रा सन्तानहरू ताराझैँ धेरै हुनेछन्,।”
रोमी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 4:9-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू