जो दुष्ट छ, त्यो दुष्टै हुँदैजान्छ, जो फोहोरी छ, त्यो फोहोरी नै हुँदैजान्छ। जो ठीक र धर्मी छ, त्यो त्यस्तै हुँदै जान्छ र जो पवित्र छ, त्यो पवित्रै हुँदैजान्छ।” “हेर, म चाँडै आउनेछु,” येशू भन्नुहुन्छ, “आफ्ना-आफ्ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु। म अल्फा र ओमेगा, आदि र अन्त हुँ।” आफ्ना लुगा धोएर सफा राख्नेहरू धन्य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्ने हक पाउनेछन्। तर सहरबाहिरचाहिँ छाडाहरू, टुनामुना गर्नेहरू, व्यभिचारीहरू, मूर्ति पुज्नेहरू र आफ्ना काम र वचन दुवैमा झूट हुनेहरू छन्। “म येशूले तिमीकहाँ मण्डलीमा भएका सबैलाई यी कुराहरू थाहा दिन मेरा स्वर्गदूत पठाएको छु। म दाऊद राजाको कुलको हुँ। म बिहानको चम्किलो तारा हुँ।” पवित्र आत्मा र दुलहीले “आउनुहोस्!” भन्छन्, जसले सुन्छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ! यस पुस्तकका अगमवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म यूहन्नाले यो चेतावनी दिन्छु, यिनमा केही थप्छ भने उसलाई परमेश्वरले यस पुस्तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ। कसैले केही कुरा यो पुस्तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्छ भने परमेश्वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्नुहुनेछ। जसले यी सबै कुरामा साक्षी दिनुहुन्छ, उहाँले नै भन्नुहुन्छ, “साँच्चै म चाँडै आउनेछु।” आमेन। आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह सबैसित भइरहोस्! आमेन।
प्रकाश 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 22:11-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू