YouVersion लोगो
खोज आइकन

प्रकाश 22

22
1-2 # इजकिएल 47:1; जकरिया 14:8 # उत्‍पत्ति 2:9 त्‍यसपछि स्‍वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्‍यो परमेश्‍वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्‍केर सहरको मूल सडक बीचमा बगिरहेको र स्‍फटिकजस्‍तो चम्‍किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्‍येक महिना एक किसिमको फल फल्‍छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए। 3#जकरिया 14:11; उत्‍पत्ति 3:17परमेश्‍वरले श्राप दिनुभएको कुनै कुरा त्‍यो सहरमा पाइँदैन।
परमेश्‍वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्‍नेछन्। 4तिनीहरूले परमेश्‍वरको अनुहार देख्‍छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। 5#यशैया 60:19; दानिएल 7:18अनि त्‍यहाँ कहिले पनि रातपर्नेछैन, त्‍यहाँ बत्ती र घामको उज्‍यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्‍वर नै उनीहरूको उज्‍यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्।
प्रभु येशू चाँडै आउँदै हुनुहुन्‍छ
6यसपछि स्‍वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्‍य र सत्‍य छन्। अगमवक्ताहरूलाई पवित्र आत्‍मा दिनुहुने प्रभु परमेश्‍वरले आफ्‍ना सेवकहरूलाई यी चाँडै हुन आउने घटनाहरू देखाउन आफ्‍नो स्‍वर्गदूत पठाउनुभएको छ।”
7येशू भन्‍नुहुन्‍छ, “म चाँडै आउँछु। यो पुस्‍तकमा लेखिएका अगमवाणीका वचन मान्‍नेहरू धन्‍य हुन्।”
8म यूहन्‍नाले यी सबै कुरा सुनेको र देखेको छु अनि मैले तिनीहरूलाई देखें र सुनेपछि मलाई यी सबै कुरा देखाउने स्‍वर्गदूतको पाउमा दण्‍डवत् गर्न खोजें। 9तर उनले मलाई भने, “यसो नगर! मचाहिँ तिमी, तिम्रा दाजुभाइ अगमवक्ताहरू र यो पुस्‍तकको वचन मान्‍नेहरूजस्‍तै परमेश्‍वरको सेवक मात्र हुँ। परमेश्‍वरलाई नै दण्‍डवत् गरेर उहाँलाई आदर गर!” 10उनले अझै मलाई भने, “यी पुस्‍तकका अगमवाणीका वचनहरू लुकाइनराख किनभने यी सबै कुरा हुन आउने बेला नजिकै छ। 11#दानिएल 12:10जो दुष्‍ट छ, त्‍यो दुष्‍टै हुँदैजान्‍छ, जो फोहोरी छ, त्‍यो फोहोरी नै हुँदैजान्‍छ। जो ठीक र धर्मी छ, त्‍यो त्‍यस्‍तै हुँदै जान्‍छ र जो पवित्र छ, त्‍यो पवित्रै हुँदैजान्‍छ।”
12 # यशैया 40:10; 62:11; भजनसंग्रह 28:4; यशैया 40:10; यर्मिया 17:10 “हेर, म चाँडै आउनेछु,” येशू भन्‍नुहुन्‍छ, “आफ्‍ना-आफ्‍ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु। 13#प्रकाश 1:8; यशैया 44:6; 48:12; प्रकाश 1:17; 2:8म अल्‍फा र ओमेगा, आदि र अन्‍त हुँ।”
14 # उत्‍पत्ति 2:9; 3:22 आफ्‍ना लुगा धोएर सफा राख्‍नेहरू धन्‍य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्‍ने हक पाउनेछन्। 15तर सहरबाहिरचाहिँ छाडाहरू, टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू, मूर्ति पुज्‍नेहरू र आफ्‍ना काम र वचन दुवैमा झूट हुनेहरू छन्।
16 # यशैया 11:1,10 “म येशूले तिमीकहाँ मण्‍डलीमा भएका सबैलाई यी कुराहरू थाहा दिन मेरा स्‍वर्गदूत पठाएको छु। म दाऊद राजाको कुलको हुँ। म बिहानको चम्‍किलो तारा हुँ।”
17 # यशैया 55:1 पवित्र आत्‍मा र दुलहीले “आउनुहोस्!” भन्‍छन्, जसले सुन्‍छ, उसले पनि “आउनुहोस्!” भनोस्।
जसलाई तिर्खा लाग्‍छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ!
18 # व्यवस्था 4:2; 12:32 यस पुस्‍तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म यूहन्‍नाले यो चेतावनी दिन्‍छु, यिनमा केही थप्‍छ भने उसलाई परमेश्‍वरले यस पुस्‍तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ।
19कसैले केही कुरा यो पुस्‍तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्‍छ भने परमेश्‍वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्‍नुहुनेछ।
20जसले यी सबै कुरामा साक्षी दिनुहुन्‍छ, उहाँले नै भन्‍नुहुन्‍छ, “साँच्‍चै म चाँडै आउनेछु।”
आमेन। आउनुहोस्, हे प्रभु येशू!
21प्रभु येशूको अनुग्रह सबैसित भइरहोस्! आमेन।

अहिले सेलेक्ट गरिएको:

प्रकाश 22: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्