YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 95:1-6

भजनसंग्रह 95:1-6 सरल नेपाली

आओ, हामी परमप्रभुको प्रशंसा गरौं! हामीलाई रक्षा गर्नुहुने परमेश्‍वरकहाँ आनन्‍दले भजन गाऔं! धन्‍यवादसाथ उहाँको सामु आऔं र उहाँको प्रशंसाको आनन्‍दमय भजन गाऔं किनभने परमप्रभु सामर्थी परमेश्‍वर हुनुहुन्‍छ र अरू सबै देवी-देवताहरूमाथि सामर्थी महाराजा हुनुहुन्‍छ। उहाँले गहिराभन्दा गहिरा ओढारदेखि अग्‍लाभन्दा अग्‍ला पहाडहरूसम्‍म सारा पृथ्‍वीमाथि राज्‍य गर्नुहुन्‍छ। उहाँले आफैंले बनाउनुभएको समुद्र र जगत्‌माथि राज्‍य गर्नुहुन्‍छ। आओ, हामी शिर निहुराएर उहाँलाई दण्‍डवत् गरौं, हामीलाई बनाउनुहुने परमप्रभुको अघि घुँडा टेकौं।

भजनसंग्रह 95 पढ्नुहोस्