भजनसंग्रह 95
95
प्रशंसाको भजन
1आओ, हामी परमप्रभुको प्रशंसा गरौं!
हामीलाई रक्षा गर्नुहुने परमेश्वरकहाँ आनन्दले भजन गाऔं!
2धन्यवादसाथ उहाँको सामु आऔं
र उहाँको प्रशंसाको आनन्दमय भजन गाऔं
3किनभने परमप्रभु सामर्थी परमेश्वर हुनुहुन्छ
र अरू सबै देवी-देवताहरूमाथि सामर्थी महाराजा हुनुहुन्छ।
4उहाँले गहिराभन्दा गहिरा ओढारदेखि अग्लाभन्दा अग्ला पहाडहरूसम्म
सारा पृथ्वीमाथि राज्य गर्नुहुन्छ।
5उहाँले आफैंले बनाउनुभएको समुद्र र जगत्माथि राज्य गर्नुहुन्छ।
6आओ, हामी शिर निहुराएर उहाँलाई दण्डवत् गरौं,
हामीलाई बनाउनुहुने परमप्रभुको अघि घुँडा टेकौं।
7 #
हिब्रू 3:7-11
#
हिब्रू 3:15; 4:7 उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ,
हामी उहाँका आफ्ना प्रजा हौं, जसको उहाँले वास्ता गर्नुहुन्छ,
उहाँको भेडाको बथान हौं, जसलाई उहाँले खुवाउनुहुन्छ।
उहाँले के भन्नुहुन्छ, आज सुन:
8 #
प्रस्थान 17:1-7; गन्ती 20:2-13 “तिम्रा पिता-पुर्खाहरू मेरीबामा
अथवा एक दिन मस्साहको मरुभूमिमा अट्टेरी भएजस्ता तिमीहरू अट्टेरी नबन।
9मैले तिनीहरूको लागि गरेका काम देखेका भए तापनि
तिनीहरूले त्यहाँ मेरो जाँच गरे, परीक्षा लिए।
10चालीस वर्षसम्म म तिनीहरूसँग विरक्त थिएँ,
मैले भनें, ‘यिनीहरू कस्ता अभक्त मानिसहरू हुन्!
यिनीहरूले मेरा आज्ञा मान्दैनन्।’
11 #
गन्ती 14:20-23; व्यवस्था 1:34-36; हिब्रू 4:3,5;
व्यवस्था 12:9,10 मैले रिसाएर एउटा कठोर प्रतिज्ञा गरें,
‘मैले विश्राम दिने देशमा,
तिमीहरू कहिल्यै पस्नेछैनौ’।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 95: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.