YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 95:1-6

भजनसंग्रह 95:1-6 NNRV

आओ, परमप्रभुको निम्‍ति हामी आनन्‍दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं। धन्‍यवाद चढ़ाउँदै उहाँको सामुन्‍ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं। किनकि परमप्रभु महान्‌ परमेश्‍वर हुनुहुन्‍छ, सारा देवहरूमाथिका महाराजा। उहाँको बाहुलीमा पृथ्‍वीका गहिरा-गहिरा स्‍थानहरू छन्‌, र पहाड़का शिखरहरू उहाँकै हुन्‌। समुद्र उहाँको हो, उहाँले नै त्‍यसलाई बनाउनुभएको हो, र सुक्‍खा भूमि उहाँले नै रच्‍नुभएको हो। आओ, दण्‍डवत्‌ गरौं र निहुरौं, हाम्रा सृष्‍टिकर्ता परमेश्‍वरकै सामु घुँड़ा टेकौं