भजनसंग्रह 95
95
परमेश्वरको प्रशंसा र आज्ञाकारिताको गीत
1आओ, परमप्रभुको निम्ति हामी आनन्दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं।
2धन्यवाद चढ़ाउँदै उहाँको सामुन्ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं।
3किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ, सारा देवहरूमाथिका महाराजा।
4उहाँको बाहुलीमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्,
र पहाड़का शिखरहरू उहाँकै हुन्।
5समुद्र उहाँको हो, उहाँले नै त्यसलाई बनाउनुभएको हो,
र सुक्खा भूमि उहाँले नै रच्नुभएको हो।
6आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं,
7किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,#हिब ३:७-११#हिब ३:१५; ४:७
र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने,
8 #
प्रस १७:१-७; गन्ती २०:२-१३ तिमीहरूले मेरीबामा#95:8 मेरीबाको अर्थ झगडा हो। गरेजस्तै आफ्ना हृदय कठोर नपार, जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्साहमा#95:8 मस्साहको अर्थ जाँच हो। गरेका थियौ,
9जहाँ मैले गरेका काम तिमीहरूका पूर्वजहरूले देखेका भए तापनि तिनीहरूले मलाई जाँच गरे र मेरो परीक्षा गरे।
10चालीस वर्षसम्म त्यस पुस्तासँग म क्रोधित भएँ,
र मैले भनें, “यी त्यस्ता मानिस हुन्, जसका हृदय बरालिएर जान्छन्,
र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।”
11यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ,#गन्ती १४:२०-२३; व्य १:३४-३६; १२:९-१०; हिब ४:३-५ “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।”
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 95: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012