आऊ, परमप्रभुको गुण-गान गरौं। चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बचाउँनु भयो। परमप्रभु प्रति धन्यवादको गीत गाऊ। उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ। किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ! अन्य सारा “देवताहरू” लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ। गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्। सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, परमेश्वरले आफ्नै हातले सुख्खा जमीनहरू बनाउनु भयो। आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं।
भजनसंग्रह 95 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 95:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू