YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 89:46-52

भजनसंग्रह 89:46-52 सरल नेपाली

हे परमप्रभु, के सधैँभरि तपाईंले आफैंलाई लुकाइराख्‍नुहुन्‍छ? कहिलेसम्‍म तपाईंको रिस आगोझैँ बलिरहने हो? याद राख्‍नुहोस्, जीवन कति छोटो छ, याद राख्‍नुहोस्, तपाईंले हामीलाई मरणशील जीवन दिनुभएको छ। को कहिले नमरी बाँच्‍छ र? मानिस कसरी चिहानदेखि बाँच्‍न सक्‍छ र? हे प्रभु, तपाईंले अघि दिनुभएका प्रेमका प्रमाणहरू कहाँ गए? तपाईंले दाऊदलाई दिनुभएका प्रतिज्ञाहरू खोइ? म तपाईंको दासको अपमान भएको छ, कसरी अविश्‍वासीहरूका सारा सराप मैले सहेको छु यी कुराहरू नभुल्‍नुहोस्। हे परमप्रभु, तपाईंका शत्रुहरूले तपाईंले चुन्‍नुभएको राजाको अपमान गर्दछन्। उनी जहाँ गए पनि तिनीहरूले उनको अपमान गरिरहन्‍छन्। परमप्रभुको प्रशंसा सधैँभरि गर! आमेन! आमेन!

भजनसंग्रह 89 पढ्नुहोस्