कहिलेसम्म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्नुहुन्छ? तपाईंको क्रोध कहिलेसम्म आगोझैँ दन्किरहन्छ? स्मरण राख्नुहोस्, मेरो आयु कस्तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ! यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ, र मृत्यु देख्दैन? अथवा कसले आफ्नो प्राणलाई मृत्युको शक्तिबाट छुटकारा दिन सक्छ? सेला हे परमप्रभु, अघिका तपाईंको महान् प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्नो विश्वसनीयतामा शपथ खानुभएको थियो स्मरण गर्नुहोस् परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्नो हृदयमा जातिहरूको तिरस्कार सहँदैछु, हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्कार गरेका छन्, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्। परमप्रभुको सदासर्वदा प्रशंसा होस्। आमेन अनि आमेन।
भजनसंग्रह 89 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 89
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 89:46-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू