YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 89:46-52

भजनसंग्रह 89:46-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

कहिलेसम्‍म परमप्रभु? के आफैलाई सदाकाल लुकाइराख्‍नुहुन्‍छ? तपाईंको क्रोध कहिलेसम्‍म आगोझैँ दन्‍किरहन्‍छ? स्‍मरण राख्‍नुहोस्‌, मेरो आयु कस्‍तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्‍तो निरर्थकताको निम्‍ति सृजनुभएको छ! यस्‍तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्‍छ, र मृत्‍यु देख्‍दैन? अथवा कसले आफ्‍नो प्राणलाई मृत्‍युको शक्तिबाट छुटकारा दिन सक्‍छ? सेला हे परमप्रभु, अघिका तपाईंको महान्‌ प्रेम कहाँ गयो, जुन तपाईंले दाऊदसँग आफ्‍नो विश्‍वसनीयतामा शपथ खानुभएको थियो स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु, हे परमप्रभु, कसरी तपाईंका शत्रुहरूले मेरो तिरस्‍कार गरेका छन्‌, तिनीहरूले कसरी कदम-कदममा तपाईंका अभिषिक्तको उपहास गरेका छन्‌। परमप्रभुको सदासर्वदा प्रशंसा होस्‌। आमेन अनि आमेन।

शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्

भजनसंग्रह 89:46-52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, कहिलेसम्म यस्तो गर्नुहुन्छ? के तपाईं आफूलाई सधैँभरिको निम्ति लुकाइराख्नुहुनेछ? कहिलेसम्म तपाईंको क्रोध आगोझैँ दन्किरहनेछ? स्मरण गर्नुहोस्; मेरो आयु कति क्षणिक छ। किनकि तपाईंले सम्पूर्ण मानवतालाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ! यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन, अथवा चिहानको शक्तिबाट को उम्कन सक्छ र? सेला हे प्रभु, तपाईंको अगिको अचुक प्रेम कहाँ छ? जसमा तपाईंले तपाईंको विश्‍वासयोग्यतामा दावीदसँग शपथ खानुभएको थियो? हे प्रभु, स्मरण गर्नुहोस्; तपाईंको सेवकको कसरी उपहास भएको छ, म आफ्नो हृदयमा कसरी सबै राष्ट्रहरूको हाँसो बोकेर हिँड्दछु, हे याहवेह, जसले मेरो उपहास गरेका छन्, ती तपाईंका शत्रुहरू हुन्, तिनीहरूले पाइला-पाइलामा कसरी तपाईंका अभिषिक्त जनको उपहास गरेका छन्। सदासर्वदा याहवेहको प्रशंसा होस्! आमेन! आमेन!

शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्

भजनसंग्रह 89:46-52 पवित्र बाइबल (NERV)

हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो? के तपाईंले हामीलाई सधैँ उपेक्षा गर्नुहुन्छ? के तपाईंको क्रोध आगो जस्तो सधैँ बल्ने हो? याद गर्नुहोस् मेरो जीवन कति छोटो छः तपाईंले हामीलाई छोटो जीवन बाँच्नलाई रच्नुभयो। कोही पनि बाँच्ने छैन र कहिल्यै मर्दैन, कोही पनि चिहानबाट भाग्न पाउने छैन। हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ? तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो। हे स्वामी, कृपया याद गर्नुहोस्, मानिसहरूले कसरी तपाईंको दासलाई अपमान गरे। हे परमप्रभु, मैले तपाईंका शत्रुहरूबाट ती सारा अपमानहरू सहनु पर्यो। ती मानिसहरूले तपाईंले रोजेको राजाको अपमान गरे। परमप्रभुको सदा-सर्वदा प्रशंसा गर। आमेन! आमेन!

शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्

भजनसंग्रह 89:46-52 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु, के सधैँभरि तपाईंले आफैंलाई लुकाइराख्‍नुहुन्‍छ? कहिलेसम्‍म तपाईंको रिस आगोझैँ बलिरहने हो? याद राख्‍नुहोस्, जीवन कति छोटो छ, याद राख्‍नुहोस्, तपाईंले हामीलाई मरणशील जीवन दिनुभएको छ। को कहिले नमरी बाँच्‍छ र? मानिस कसरी चिहानदेखि बाँच्‍न सक्‍छ र? हे प्रभु, तपाईंले अघि दिनुभएका प्रेमका प्रमाणहरू कहाँ गए? तपाईंले दाऊदलाई दिनुभएका प्रतिज्ञाहरू खोइ? म तपाईंको दासको अपमान भएको छ, कसरी अविश्‍वासीहरूका सारा सराप मैले सहेको छु यी कुराहरू नभुल्‍नुहोस्। हे परमप्रभु, तपाईंका शत्रुहरूले तपाईंले चुन्‍नुभएको राजाको अपमान गर्दछन्। उनी जहाँ गए पनि तिनीहरूले उनको अपमान गरिरहन्‍छन्। परमप्रभुको प्रशंसा सधैँभरि गर! आमेन! आमेन!

शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्