मेरा प्रजा हो, मेरा चेतावनीलाई सुन, हे इस्राएल, तिमीहरूले मलाई सुन भनी मेरो कति इच्छा छ! तिमीहरूले अर्को ईश्वरलाई कहिल्यै नपुज्नू। म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्यायो। तिमीहरूका मुख खोल र म तिमीहरूलाई खुवाउनेछु। “तर मेरा प्रजाले मेरा कुरा सुन्दैनन्, इस्राएलले मेरा आज्ञा मान्दैनन्। यसैले तिनीहरूलाई मैले तिनीहरूको अट्टेरी इच्छाअनुसार चल्न दिएँ र तिनीहरूलाई जे मन पर्छ, त्यसो गर्न दिएँ। मेरा प्रजाले मेरो कुरा सुनून्, र मेरा आज्ञा मानून् भनी मेरो कत्रो इच्छा छ! मैले चाँडै तिनीहरूका शत्रुहरूलाई हराउनेथिएँ र विजय गर्नेथिएँ।
भजनसंग्रह 81 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 81:8-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू