तर याद राख्नुहोस्, हे परमेश्वर, तपाईंका बैरीहरू तपाईंमाथि हाँस्छन्, तिनीहरूले परमेश्वर मान्दैनन् र तपाईंलाई घिन गर्छन्। आफ्ना असहाय प्रजालाई तिनीहरूका निष्ठुरी बैरीका हातमा नछोड्नुहोस्, सतावटमा परेका आफ्ना प्रजालाई नभुल्नुहोस्। तपाईंले हामीसँग बाँध्नुभएको करार सम्झनुहोस्। देशका हरेक अँध्यारो कुनामा हिँसा छ। सताइएकाहरूलाई लाजमा पर्न नदिनुहोस्, ती गरीब र अभावमा परेका मानिसहरूले तपाईंको प्रशंसा गरून्। हे परमेश्वर उठ्नुहोस् र आफ्नो कामको रक्षा गर्नुहोस्, याद राख्नुहोस् कि ईश्वर नमान्नेहरू दिनभरि तपाईंमाथि हाँसिरहन्छन्। आफ्ना बैरीहरूका रिसका आवाज र तिनीहरूले गरिरहेका हल्ला नभुल्नुहोस्।
भजनसंग्रह 74 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 74:18-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू