YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:18-23

भजनसंग्रह 74:18-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर याद राख्‍नुहोस्, हे परमेश्‍वर, तपाईंका बैरीहरू तपाईंमाथि हाँस्‍छन्, तिनीहरूले परमेश्‍वर मान्‍दैनन् र तपाईंलाई घिन गर्छन्। आफ्‍ना असहाय प्रजालाई तिनीहरूका निष्‍ठुरी बैरीका हातमा नछोड्‍नुहोस्, सतावटमा परेका आफ्‍ना प्रजालाई नभुल्‍नुहोस्। तपाईंले हामीसँग बाँध्‍नुभएको करार सम्‍झनुहोस्। देशका हरेक अँध्‍यारो कुनामा हिँसा छ। सताइएकाहरूलाई लाजमा पर्न नदिनुहोस्, ती गरीब र अभावमा परेका मानिसहरूले तपाईंको प्रशंसा गरून्। हे परमेश्‍वर उठ्‍नुहोस् र आफ्‍नो कामको रक्षा गर्नुहोस्, याद राख्‍नुहोस् कि ईश्‍वर नमान्‍नेहरू दिनभरि तपाईंमाथि हाँसिरहन्‍छन्। आफ्‍ना बैरीहरूका रिसका आवाज र तिनीहरूले गरिरहेका हल्‍ला नभुल्‍नुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:18-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमेश्‍वर, शत्रुले तपाईंको कसरी ठट्टा गर्छ सो सम्‍झनुहोस्‌, र मूर्ख मानिसहरूले कसरी तपाईंका नाउँको निन्‍दा गरेका छन्‌। तपाईंको आफ्‍नो ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्‌। आफ्‍नो पीडित जनको प्राणलाई सदाकाल नभुल्‍नुहोस्‌, तपाईंका करारको मर्यादा कायम राख्‍नुहोस्‌, किनकि देशका अँध्‍यारा ठाउँहरू हिंसाले भरिएका छन्‌। थिचोमिचोमा परेकाहरू शर्ममा पछि नहटून्‌, दु:खी र दरिद्रहरूले तपाईंका नाउँको प्रशंसा गरून्‌। हे परमेश्‍वर, उठ्‌नुहोस्‌, र आफ्‍नो पक्षको विषयलाई सम्‍हाल्‍नुहोस्‌। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्‍छन्‌ सो सम्‍झनुहोस्‌। तपाईंका विरोधीहरूको होहल्‍ला र तपाईंका शत्रुहरूको निरन्‍तर हुने खैलाबैला नभुल्‍नुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:18-23 पवित्र बाइबल (NERV)

हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्! ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्! तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्! हाम्रो करार याद गर्नुहोस्! यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ। हे परमेश्वर, तपाईंका मानिसहरूलाई दुर्ब्हाबार गरियो। तिनीहरू प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्। दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्। हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी! तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्, तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।

भजनसंग्रह 74:18-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्; र मूर्खहरूले कसरी तपाईंका नामको गिल्‍ला गर्थे। आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्; आफ्ना पीडित मानिसहरूका प्राणलाई सदाकाल नभुल्नुहोस्। तपाईंका करार सम्झनुहोस्; किनकि देशका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्। थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्; पीडित र अभावमा हुनेहरूले तपाईंको नामको प्रशंसा गरून्। हे परमेश्‍वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्। तपाईंका विरोधीहरूको रिसको होहल्‍ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।