YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:18-23

भजनसंग्रह 74:18-23 NCV

हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्; र मूर्खहरूले कसरी तपाईंका नामको गिल्‍ला गर्थे। आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्; आफ्ना पीडित मानिसहरूका प्राणलाई सदाकाल नभुल्नुहोस्। तपाईंका करार सम्झनुहोस्; किनकि देशका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्। थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्; पीडित र अभावमा हुनेहरूले तपाईंको नामको प्रशंसा गरून्। हे परमेश्‍वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्। तपाईंका विरोधीहरूको रिसको होहल्‍ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।

भजनसंग्रह 74 पढ्नुहोस्