YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:18-23

भजनसंग्रह 74:18-23 NNRV

हे परमेश्‍वर, शत्रुले तपाईंको कसरी ठट्टा गर्छ सो सम्‍झनुहोस्‌, र मूर्ख मानिसहरूले कसरी तपाईंका नाउँको निन्‍दा गरेका छन्‌। तपाईंको आफ्‍नो ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्‌। आफ्‍नो पीडित जनको प्राणलाई सदाकाल नभुल्‍नुहोस्‌, तपाईंका करारको मर्यादा कायम राख्‍नुहोस्‌, किनकि देशका अँध्‍यारा ठाउँहरू हिंसाले भरिएका छन्‌। थिचोमिचोमा परेकाहरू शर्ममा पछि नहटून्‌, दु:खी र दरिद्रहरूले तपाईंका नाउँको प्रशंसा गरून्‌। हे परमेश्‍वर, उठ्‌नुहोस्‌, र आफ्‍नो पक्षको विषयलाई सम्‍हाल्‍नुहोस्‌। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्‍छन्‌ सो सम्‍झनुहोस्‌। तपाईंका विरोधीहरूको होहल्‍ला र तपाईंका शत्रुहरूको निरन्‍तर हुने खैलाबैला नभुल्‍नुहोस्‌।