YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:12-23

भजनसंग्रह 74:12-23 सरल नेपाली

हे परमेश्‍वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्‍ट तपाईंले हामीलाई बचाउनुभएको छ। तपाईंले आफ्‍नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो र समुद्रका डरलाग्‍दा जन्‍तुहरूका टाउका चुर-चुर पार्नुभयो। तपाईंले पानीको भयानक जन्‍तु लिव्‍यातनका टाउकाहरू चूरचूर पार्नुभयो, त्‍यसको शरीर तपाईंले मरुभूमिका जन्‍तुहरूलाई खान दिनुभयो। तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो र ठूला-ठूला नदीहरू सुकाउनुभयो। तपाईंले रात र दिनलाई बनाउनुभयो र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्‍नुभयो। तपाईंले पृथ्‍वीका सिमाना बाँध्‍नुभयो र गर्मी र ठन्‍डाका ऋतुहरू बनाउनुभयो। तर याद राख्‍नुहोस्, हे परमेश्‍वर, तपाईंका बैरीहरू तपाईंमाथि हाँस्‍छन्, तिनीहरूले परमेश्‍वर मान्‍दैनन् र तपाईंलाई घिन गर्छन्। आफ्‍ना असहाय प्रजालाई तिनीहरूका निष्‍ठुरी बैरीका हातमा नछोड्‍नुहोस्, सतावटमा परेका आफ्‍ना प्रजालाई नभुल्‍नुहोस्। तपाईंले हामीसँग बाँध्‍नुभएको करार सम्‍झनुहोस्। देशका हरेक अँध्‍यारो कुनामा हिँसा छ। सताइएकाहरूलाई लाजमा पर्न नदिनुहोस्, ती गरीब र अभावमा परेका मानिसहरूले तपाईंको प्रशंसा गरून्। हे परमेश्‍वर उठ्‍नुहोस् र आफ्‍नो कामको रक्षा गर्नुहोस्, याद राख्‍नुहोस् कि ईश्‍वर नमान्‍नेहरू दिनभरि तपाईंमाथि हाँसिरहन्‍छन्। आफ्‍ना बैरीहरूका रिसका आवाज र तिनीहरूले गरिरहेका हल्‍ला नभुल्‍नुहोस्।

भजनसंग्रह 74 पढ्नुहोस्