YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:12-23

भजनसंग्रह 74:12-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्‍ट तपाईंले हामीलाई बचाउनुभएको छ। तपाईंले आफ्‍नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो र समुद्रका डरलाग्‍दा जन्‍तुहरूका टाउका चुर-चुर पार्नुभयो। तपाईंले पानीको भयानक जन्‍तु लिव्‍यातनका टाउकाहरू चूरचूर पार्नुभयो, त्‍यसको शरीर तपाईंले मरुभूमिका जन्‍तुहरूलाई खान दिनुभयो। तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो र ठूला-ठूला नदीहरू सुकाउनुभयो। तपाईंले रात र दिनलाई बनाउनुभयो र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्‍नुभयो। तपाईंले पृथ्‍वीका सिमाना बाँध्‍नुभयो र गर्मी र ठन्‍डाका ऋतुहरू बनाउनुभयो। तर याद राख्‍नुहोस्, हे परमेश्‍वर, तपाईंका बैरीहरू तपाईंमाथि हाँस्‍छन्, तिनीहरूले परमेश्‍वर मान्‍दैनन् र तपाईंलाई घिन गर्छन्। आफ्‍ना असहाय प्रजालाई तिनीहरूका निष्‍ठुरी बैरीका हातमा नछोड्‍नुहोस्, सतावटमा परेका आफ्‍ना प्रजालाई नभुल्‍नुहोस्। तपाईंले हामीसँग बाँध्‍नुभएको करार सम्‍झनुहोस्। देशका हरेक अँध्‍यारो कुनामा हिँसा छ। सताइएकाहरूलाई लाजमा पर्न नदिनुहोस्, ती गरीब र अभावमा परेका मानिसहरूले तपाईंको प्रशंसा गरून्। हे परमेश्‍वर उठ्‍नुहोस् र आफ्‍नो कामको रक्षा गर्नुहोस्, याद राख्‍नुहोस् कि ईश्‍वर नमान्‍नेहरू दिनभरि तपाईंमाथि हाँसिरहन्‍छन्। आफ्‍ना बैरीहरूका रिसका आवाज र तिनीहरूले गरिरहेका हल्‍ला नभुल्‍नुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:12-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर हे परमेश्‍वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्‍छ, तपाईंले पृथ्‍वीमा उद्धार ल्‍याउनुहुन्‍छ। तपाईं नै हुनुहुन्‍छ जसले आफ्‍नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो। तपाईंले लिव्‍यातन्‌ जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्‍यसलाई वनपशुहरूका आहारको निम्‍ति दिनुभयो। तपाईं नै हुनुहुन्‍छ जसले पानीका मूल र खोलाहरू फुटाएर निकाल्‍नुभयो। तपाईंले निरन्‍तर बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्‍द्र तपाईंले नै स्‍थापित गर्नुभयो। पृथ्‍वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्‍म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो। हे परमेश्‍वर, शत्रुले तपाईंको कसरी ठट्टा गर्छ सो सम्‍झनुहोस्‌, र मूर्ख मानिसहरूले कसरी तपाईंका नाउँको निन्‍दा गरेका छन्‌। तपाईंको आफ्‍नो ढुकुरको प्राण जङ्गली जनावरलाई नदिनुहोस्‌। आफ्‍नो पीडित जनको प्राणलाई सदाकाल नभुल्‍नुहोस्‌, तपाईंका करारको मर्यादा कायम राख्‍नुहोस्‌, किनकि देशका अँध्‍यारा ठाउँहरू हिंसाले भरिएका छन्‌। थिचोमिचोमा परेकाहरू शर्ममा पछि नहटून्‌, दु:खी र दरिद्रहरूले तपाईंका नाउँको प्रशंसा गरून्‌। हे परमेश्‍वर, उठ्‌नुहोस्‌, र आफ्‍नो पक्षको विषयलाई सम्‍हाल्‍नुहोस्‌। मूर्ख मानिसहरूले कसरी दिनभरि तपाईंको ठट्टा गरिरहन्‍छन्‌ सो सम्‍झनुहोस्‌। तपाईंका विरोधीहरूको होहल्‍ला र तपाईंका शत्रुहरूको निरन्‍तर हुने खैलाबैला नभुल्‍नुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:12-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर परमेश्‍वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ। तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो; तपाईंले समुद्रको विशाल जन्तुहरूका टाउकाहरू कुच्याउनुभयो। तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो; र त्यसलाई मरुभूमिका पशुहरूलाई आहाराको निम्ति दिनुभयो। तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो; तपाईंले अटुट बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। दिन तपाईंको हो, र रात पनि तपाईंकै हो; तपाईंले नै सूर्य र चन्द्र स्थापित गर्नुभएको हो। तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो; तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु दुवैलाई बनाउनुभयो। हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्; र मूर्खहरूले कसरी तपाईंका नामको गिल्‍ला गर्थे। आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्; आफ्ना पीडित मानिसहरूका प्राणलाई सदाकाल नभुल्नुहोस्। तपाईंका करार सम्झनुहोस्; किनकि देशका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्। थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्; पीडित र अभावमा हुनेहरूले तपाईंको नामको प्रशंसा गरून्। हे परमेश्‍वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्। तपाईंका विरोधीहरूको रिसको होहल्‍ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:12-23 पवित्र बाइबल (NERV)

हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ। हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो। तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो, अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो। तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो। हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो। तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो। अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो। हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्! ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्! तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्! हाम्रो करार याद गर्नुहोस्! यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ। हे परमेश्वर, तपाईंका मानिसहरूलाई दुर्ब्हाबार गरियो। तिनीहरू प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्। दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्। हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी! तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्, तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।