हे परमेश्वर! हामीलाई दया गर्नुहोस् र आशिष् दिनुहोस्। हामीमाथि दयाको दृष्टिले हेर्नुहोस्। तब सारा संसारले तपाईंको इच्छा जान्नेछ र सबै जातिहरूले तपाईंको उद्धार थाहा पाउनेछन्। हे परमेश्वर! जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्। सबै जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्! जाति-जातिहरू प्रसन्न होऊन् र आनन्दले गाऊन् किनभने तपाईंले न्यायसँग तिनीहरूको विचार गर्नुहुन्छ र पृथ्वीका हरेक जातिलाई अगुवाइ गर्नुहुन्छ। हे परमेश्वर! जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्। सबै जाति-जातिका मानिसहरूले तपाईंको प्रशंसा गरून्! परमेश्वरले, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ र जमिनले आफ्नो फसल उब्जाएको छ। परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ, सबै ठाउँमा सबै मानिसहरूले उहाँलाई आदर गरून्।
भजनसंग्रह 67 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 67:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू