YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 67:1-7

भजनसंग्रह 67:1-7 NNRV

परमेश्‍वरले हामीप्रति अनुग्रह गरून्‌ र हामीलाई आशीर्वाद देऊन्‌ र आफ्‍नो मुहार हामीमाथि प्रकाशित गरिदेऊन्‌। सेला र तपाईंको मार्ग पृथ्‍वीमा प्रकट होस्‌, र तपाईंको उद्धार सबै जातिहरूलाई थाहा होस्‌। हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्‌, सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्‌। जाति-जातिहरू प्रसन्‍न होऊन्‌ र आनन्‍दले गीत गाऊन्‌, किनकि तपाईंले मानिसहरूमाथि न्‍यायपूर्वक शासन गर्नुहुन्‍छ, अनि पृथ्‍वीका जातिहरूलाई मार्गदर्शन गर्नुहुन्‍छ। सेला हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून्‌। सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्‌। तब पृथ्‍वीले आफ्‍नो उब्‍जनी बढ़ाउनेछ, र परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशीर्वाद दिनुहुनेछ। परमेश्‍वरले हामीलाई आशीर्वाद निरन्‍तर दिनुहुनेछ, अनि पृथ्‍वीका सबै सीमान्‍तले उहाँको डर मान्‍नेछन्‌।