YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 42:4-11

भजनसंग्रह 42:4-11 सरल नेपाली

बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ। त्‍यस बेला म झुण्‍ड-झुण्‍डसँग मिली परमेश्‍वरको मन्‍दिरमा जान्थें र तिनीहरूको अघि-अघि हिँड्दथे। आनन्‍दले भरिएको झुण्‍ड परमेश्‍वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे। म किन यति अफसोसी छु? किन म यति कष्ठित छु? म परमेश्‍वरमा आफ्‍नो आशा राख्‍नेछु, फेरि पनि म आफ्‍ना परमेश्‍वर र उद्धारकको प्रशंसा गर्नेछु! यहाँ परमेश्‍वरमा मेरो हृदय खिन्‍न भएको छ। यसैले म मेरा सोच-विचार परमेश्‍वरतिर फर्काउँछु। उहाँले मेरो आत्‍मामा अफसोसको भल बगाउनुहुनेछ। हेर्मोन र मिसार पहाडबाट तल यर्दन नदीतिर गर्जंदै बग्‍ने झरनाझैँ खलबलीको बाढीले मलाई छोपेको छ। परमप्रभुले दिउँसो मलाई आफ्‍नो अटुट प्रेम देखाऊन्। राती मेरो जीवनका परमेश्‍वरलाई म एउटा गीत र प्रार्थना चढाउनेछु। मेरो रक्षा गर्नुहुने परमेश्‍वरलाई म भन्‍दछु– “किन तपाईंले मलाई भुल्‍नुभयो? किन मेरा बैरीहरूका निष्‍ठुरताले मैले कष्‍ट भोगिरहनुपर्ने हो?” तिनीहरूले गरेका अपमानले मलाई चुर पारिदिनुभयो, तिनीहरू मलाई सोधिरहन्‍छन्, “तिम्रा परमेश्‍वर कहाँ छन्?” किन म यति अफसोसी छु? किन म यति कष्‍टित छु। म परमेश्‍वरमा आफ्‍नो आशा राख्‍नेछु र फेरि पनि म आफ्‍ना परमेश्‍वर र उद्धारकको प्रशंसा गर्नेछु।

भजनसंग्रह 42 पढ्नुहोस्