हे परमप्रभु, मेरा विरोधीहरूलाई तपाईंले विरोध गर्नुहोस्, मसँग लड्नेहरूसँग तपाईं लड्नुहोस्! तपाईंका ढाल, झिलम भिर्नुहोस् र मेरो मद्दतको निम्ति आउनुहोस्। मलाई खेद्नेहरूको विरुद्धमा तपाईंले आफ्नो भाला र बन्चरो उठाउनुहोस्। तपाईंले मलाई बचाउनुहुन्छ भनी प्रतिज्ञा गर्नुहोस्। मलाई मार्न खोज्नेहरूको हार र अपमान होस्। मलाई जाल गर्नेहरू पिठ फर्काएर भाग्नुपरोस् र तिनीहरू अन्योलमा परून्! परमप्रभुका दूतले खेद्दा तिनीहरू बतासले उडाएका परालझैँ होऊन्! परमप्रभुका दूतले तिनीहरूलाई हिर्काएको बेलामा तिनीहरू हिँड्ने बाटो अँध्यारो र चिप्लो होस्! बिनाकारण तिनीहरूले मलाई पासो थापे, मलाई पक्रनलाई एउटा गहिरो खाडल खने। तर तिनीहरूले थाहा पाउनुअघि नै तिनीहरू नाश पारिनेछन्, आफूले थापेका पासोमा आफैं पर्छन् र आफैं नाशको खाडलमा ओइरिनेछन्!
भजनसंग्रह 35 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 35:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू