YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:11-22

भजनसंग्रह 34:11-22 सरल नेपाली

मेरा युवा साथीहरू हो! आओ र मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको आदर गर्न सिकाउनेछु। के तिमी जीवनमा आनन्‍द गर्न चाहन्‍छौ? के तिमीले लामो आयु र आनन्‍द चाहन्‍छौ? त्‍यसो हो भने खराब कुरा र झूटो बोल्‍नदेखि टाढा बस, खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्‍तिको खोजी गर। परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्‍छ र तिनीहरूको पुकार सुन्‍नुहुन्‍छ। तर उहाँले दुष्‍ट काम गर्नेहरूको विरोध गर्नुहुन्‍छ र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्‍छन्। धर्मीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले सुन्‍नुहुन्‍छ, उहाँले तिनीहरूलाई सारा कष्‍टदेखि बचाउनुहुन्‍छ। परमप्रभु हरेस खाएकाहरूको नजिकमा हुनुहुन्‍छ, उहाँले आशा हराएका सबैलाई बचाउनुहुन्‍छ। भलो मानिसहरूले धेरै कष्‍ट पाउँछन्, तर परमप्रभुले उनीहरूलाई ती सबै कष्‍टहरूदेखि उद्धार गर्नुहुन्‍छ। परमप्रभुले तिनीहरूको पूरा सुरक्षा गर्नुहुन्‍छ, तिनीहरूको एउटै हड्डी पनि भाचिंदैन। दुष्‍टलाई खराबीले मार्दछ, धर्मीलाई घृणा गर्नेहरूले दण्‍ड पाउनेछन्। परमप्रभुले आफ्‍ना जनहरूलाई बचाउनुहुनेछ, सुरक्षाको लागि उहाँका शरण पर्नेहरू बाँच्‍नेछन्।

भजनसंग्रह 34 पढ्नुहोस्