YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:11-22

भजनसंग्रह 34:11-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्‍न सिकाउनेछु। तिमीहरूमध्‍ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्‍न इच्‍छा गर्दछ भने— आफ्‍नो जिब्रोलाई खराबीबाट र आफ्‍ना ओठलाई झूट बोल्‍नबाट अलग्‍ग राख। खराबीबाट फर्केर असल गर, शान्‍ति खोज, र त्‍यसकै पछि लाग। परमप्रभुको नजर धर्मात्‍माहरूमाथि रहन्‍छ, र उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्‍छ। परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्‍छ, अनि उहाँले तिनीहरूको स्‍मृतिसम्‍म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धार्मिक जनहरूले पुकारा गर्छन्‌, तब परमप्रभुले सुन्‍नुहुन्‍छ, र तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार दिनुहुन्‍छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ। परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन। खराबीले दुष्‍टलाई नष्‍ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्‌। परमप्रभुले आफ्‍ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्‍छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 34 पढ्नुहोस्

भजनसंग्रह 34:11-22 पवित्र बाइबल (NERV)

केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु। यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने, तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन। नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात। परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ। तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्। उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ! परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ। जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ। धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ। परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ। एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन। तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्। असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्। जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ। उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

शेयर गर्नुहोस्
भजनसंग्रह 34 पढ्नुहोस्

भजनसंग्रह 34:11-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा युवा साथीहरू हो! आओ र मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको आदर गर्न सिकाउनेछु। के तिमी जीवनमा आनन्‍द गर्न चाहन्‍छौ? के तिमीले लामो आयु र आनन्‍द चाहन्‍छौ? त्‍यसो हो भने खराब कुरा र झूटो बोल्‍नदेखि टाढा बस, खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्‍तिको खोजी गर। परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्‍छ र तिनीहरूको पुकार सुन्‍नुहुन्‍छ। तर उहाँले दुष्‍ट काम गर्नेहरूको विरोध गर्नुहुन्‍छ र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्‍छन्। धर्मीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले सुन्‍नुहुन्‍छ, उहाँले तिनीहरूलाई सारा कष्‍टदेखि बचाउनुहुन्‍छ। परमप्रभु हरेस खाएकाहरूको नजिकमा हुनुहुन्‍छ, उहाँले आशा हराएका सबैलाई बचाउनुहुन्‍छ। भलो मानिसहरूले धेरै कष्‍ट पाउँछन्, तर परमप्रभुले उनीहरूलाई ती सबै कष्‍टहरूदेखि उद्धार गर्नुहुन्‍छ। परमप्रभुले तिनीहरूको पूरा सुरक्षा गर्नुहुन्‍छ, तिनीहरूको एउटै हड्डी पनि भाचिंदैन। दुष्‍टलाई खराबीले मार्दछ, धर्मीलाई घृणा गर्नेहरूले दण्‍ड पाउनेछन्। परमप्रभुले आफ्‍ना जनहरूलाई बचाउनुहुनेछ, सुरक्षाको लागि उहाँका शरण पर्नेहरू बाँच्‍नेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 34 पढ्नुहोस्