आओ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु। तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्छ, र धेरै असल दिनहरू देख्न इच्छा गर्दछ भने— आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख। खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग। परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ। परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ। जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन। खराबीले दुष्टलाई नष्ट पार्दछ, र धार्मिक जनका विरोधीहरू जति दोषी ठहरिनेछन्। परमप्रभुले आफ्ना दासहरूका जीवन उद्धार गरिदिनुहुन्छ, उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।
भजनसंग्रह 34 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 34:11-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू