मेरो शक्ति हराएको छ, जमिनमा पोखिएको पानीजस्तै त्यो हराएको छ। मेरा हड्डीका जोर्नीहरू फुस्केका छन्, मेरो हृदय पग्लेको मैनजस्तै भएको छ। मेरो घाँटी धुलोजस्तै सुखा भएको छ र मेरो जिब्रो तालुमा टाँसिन्छ। मरेको भन्ठानी तपाईंले मलाई धुलोमा छोडिराख्नुभएको छ। दुष्टको एक हुल मेरो चारैपट्टि छ, कुकुरका बथानले जस्तै तिनीहरू नजिक आएर मलाई घेर्छन् र तिनीहरूले मेरा हात र खुट्टा चिथोर्छन्। मेरा सबै हड्डीहरू देखिन्छन्, मेरा शत्रुहरूले मलाई एकोहोरो हेरिरहन्छन्। मेरो लुगा चिठ्ठा हालेर तिनीहरू आपसमा बाँड्छन्। हे परमप्रभु! मदेखि टाढा नहुनुहोस्। मलाई बचाउन चाँडो आउनुहोस्। तरवारदेखि मलाई बचाउनुहोस्, यी कुकुरहरूबाट मेरो प्राण बचाउनुहोस्। यी सिंहहरूदेखि मलाई जोगाउनुहोस्, यी जङ्गली साँढेहरूका सामु म असहाय छु। तपाईंले के गर्नुभएको छ, त्यो मेरा मानिसहरूलाई सुनाउनेछु; तिनीहरूका सभाबीच म तपाईंको प्रशंसा गर्नेछु। “हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर! हे याकूबका सन्तानहरू हो, उहाँको आदर गर! हे इस्राएलीहरू हो, उहाँको आराधना गर! उहाँले गरीबहरूलाई तुच्छ ठान्नुहुन्न, तिनीहरूका कष्टलाई घृणा गर्नुहुन्न, तिनीहरूदेखि उहाँले आफ्नो मुख फर्काउनुहुन्न। तर तिनीहरूले मद्दतको निम्ति पुकार्दा उहाँले उत्तर दिनुहुन्छ।” तपाईंले गर्नुभएको कामको लागि मानिसले भरिएको सभामा म तपाईंको प्रशंसा गर्नेछु, तपाईंलाई पुज्नेहरूको सामु म आफूले प्रतिज्ञा गरेको बलिदान तपाईंलाई चढाउनेछु। गरीबले आफूले भनेजति खान पाउनेछ, परमप्रभुकहाँ आउनेहरूले उहाँको प्रशंसा गर्नेछन्, सदासर्वदा तिनीहरूको फलिफाप होस्। सबै जातिहरूले परमप्रभुलाई याद गर्नेछन्। संसारका हरेक कुनादेखि तिनीहरू उहाँतिर फर्किनेछन्। वंश-वंशले उहाँलाई पुज्नेछन्। परमप्रभु राजा हुनुहुन्छ र उहाँले जातिहरूमाथि राज्य गर्नुहुन्छ। सबै अहङ्कारी मानिसहरू उहाँका अघि निहुरनेछन्, सबै मरणशील मानिसहरूले, उहाँका अघि शिर झुकाउनेछन्। आउँदा पिँढीहरूले उहाँको सेवा गर्नेछन्, मानिसहरूले तिनीहरूलाई परमप्रभुको बारेमा भन्नेछन्। आजसम्म नजन्मिएका मानिसहरूलाई तिनीहरूले भन्नेछन्, “परमप्रभुले आफ्ना प्रजालाई बचाउनुभयो।”
भजनसंग्रह 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 22:14-31
7 Days
How can we find the right attitude for every situation? What is the right attitude? This seven-day Bible Plan finds answers in the life and teachings of Christ. Let these daily encouragements, reflective prayers, and powerful Scriptures form in you the mind of Christ.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू