भजनसंग्रह 22:14-31
भजनसंग्रह 22:14-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ। मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ। कुकुरहरूले मलाई चारैतिर घेरेका छन्; खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्; तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्। मेरा सबै हाडहरू म गन्न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्टिले हेर्छन्। तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्! तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्। सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस्। म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु; मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु। तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान! किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ। ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु। गरिबहरू खाएर तृप्त हुनेछन्; याहवेहलाई खोज्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिनीहरूका हृदय आनन्दले सदासर्वदा रमाउनेछ। पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्। किनकि शासन याहवेहको हो, र उहाँले नै राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ। पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्। पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ। तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्भुत काम गर्नुभएको छ!
भजनसंग्रह 22:14-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीका जोर्नीहरू फुस्केका छन्। मेरो मुटु मैनजस्तै भइसकेको छ, मेरो छातीभित्र त्यो पग्लेको छ। माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्युको धूलोमा मिलाउनुभएको छ। कुकुरहरू मेरो चारैपट्टि छन्, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्। मेरा सबै हाड़हरू म गन्न सक्छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्। तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन्, र मेरो पोशाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्! मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्य ज्यानलाई कुकुरहरूका पन्जाबाट उद्धार गर्नुहोस्। सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्, र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्। म मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु। परमप्रभुको भय मान्नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्तान हो, उहाँको भक्ति गर। किनकि उहाँले पीडितको दु:खलाई तुच्छ ठान्नुभएको छैन, न घृणाको दृष्टिले हेर्नुभएको छ। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनुभएको छैन, तर त्यसले सहायताको निम्ति पुकारा गर्दा उहाँले सुन्नुभएको छ। ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्छ, तपाईंको डर राख्नेहरूका सामुन्ने म आफ्नो भाकल पूरा गर्नेछु। गरीबहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्। तिमीहरूका हृदय सदा जीवित रहून्! समस्त पृथ्वीका सबै जातिहरूले स्मरण गर्नेछन्, र परमप्रभुतिर फर्कनेछन्। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्डवत् गर्नेछन्। किनभने राज्य त परमप्रभुकै हो, र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। पृथ्वीका सबै धनीहरूले भोज गर्नेछन्, आराधना गर्नेछन्, जस-जसले आफ्नो प्राण बचाउन सक्दैनन्, जो धूलोमा मिलिजानेछन्, ती सबै उहाँको सामुन्ने घोप्टो पर्नेछन्। भावी सन्तानले उहाँको सेवा गर्नेछन्, भावी पुस्तालाई परमप्रभुको बारेमा बताइनेछ। अहिलेसम्म जन्म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्— किनकि उहाँले यो गर्नुभएको छ।
भजनसंग्रह 22:14-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ। मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ। कुकुरहरूले मलाई चारैतिर घेरेका छन्; खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्; तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्। मेरा सबै हाडहरू म गन्न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्टिले हेर्छन्। तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्! तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्। सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस्। म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु; मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु। तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान! किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ। ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु। गरिबहरू खाएर तृप्त हुनेछन्; याहवेहलाई खोज्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिनीहरूका हृदय आनन्दले सदासर्वदा रमाउनेछ। पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्। किनकि शासन याहवेहको हो, र उहाँले नै राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ। पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्। पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ। तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्भुत काम गर्नुभएको छ!
भजनसंग्रह 22:14-31 पवित्र बाइबल (NERV)
मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो! मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ। ती “कुकुरहरू” मेरो वरिपरि छन्। ती दुष्टहरूको समुहले मलाई पासोमा पारेका छन्। तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्। म मेरो हाडहरू देख्न सक्छु अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्! तिनीहरूले मलाई हेरिरहेका छन्! ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्। तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्। हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ। मेरो सहायताको निम्ति आइहाल्नुहोस्। हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्। सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्। साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्। हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउने छु। सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर। किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ। परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न। यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे, उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न। हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु। ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु। नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ! तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर! तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्। टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्। किनभने परमप्रभु नै राजा हुनुहुन्छ। उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ। बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्। वास्तवमा, सबै मानिसहरू मर्नेछ अनि जो मरिसकेका छन्, तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्! अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्। प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।
भजनसंग्रह 22:14-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो शक्ति हराएको छ, जमिनमा पोखिएको पानीजस्तै त्यो हराएको छ। मेरा हड्डीका जोर्नीहरू फुस्केका छन्, मेरो हृदय पग्लेको मैनजस्तै भएको छ। मेरो घाँटी धुलोजस्तै सुखा भएको छ र मेरो जिब्रो तालुमा टाँसिन्छ। मरेको भन्ठानी तपाईंले मलाई धुलोमा छोडिराख्नुभएको छ। दुष्टको एक हुल मेरो चारैपट्टि छ, कुकुरका बथानले जस्तै तिनीहरू नजिक आएर मलाई घेर्छन् र तिनीहरूले मेरा हात र खुट्टा चिथोर्छन्। मेरा सबै हड्डीहरू देखिन्छन्, मेरा शत्रुहरूले मलाई एकोहोरो हेरिरहन्छन्। मेरो लुगा चिठ्ठा हालेर तिनीहरू आपसमा बाँड्छन्। हे परमप्रभु! मदेखि टाढा नहुनुहोस्। मलाई बचाउन चाँडो आउनुहोस्। तरवारदेखि मलाई बचाउनुहोस्, यी कुकुरहरूबाट मेरो प्राण बचाउनुहोस्। यी सिंहहरूदेखि मलाई जोगाउनुहोस्, यी जङ्गली साँढेहरूका सामु म असहाय छु। तपाईंले के गर्नुभएको छ, त्यो मेरा मानिसहरूलाई सुनाउनेछु; तिनीहरूका सभाबीच म तपाईंको प्रशंसा गर्नेछु। “हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर! हे याकूबका सन्तानहरू हो, उहाँको आदर गर! हे इस्राएलीहरू हो, उहाँको आराधना गर! उहाँले गरीबहरूलाई तुच्छ ठान्नुहुन्न, तिनीहरूका कष्टलाई घृणा गर्नुहुन्न, तिनीहरूदेखि उहाँले आफ्नो मुख फर्काउनुहुन्न। तर तिनीहरूले मद्दतको निम्ति पुकार्दा उहाँले उत्तर दिनुहुन्छ।” तपाईंले गर्नुभएको कामको लागि मानिसले भरिएको सभामा म तपाईंको प्रशंसा गर्नेछु, तपाईंलाई पुज्नेहरूको सामु म आफूले प्रतिज्ञा गरेको बलिदान तपाईंलाई चढाउनेछु। गरीबले आफूले भनेजति खान पाउनेछ, परमप्रभुकहाँ आउनेहरूले उहाँको प्रशंसा गर्नेछन्, सदासर्वदा तिनीहरूको फलिफाप होस्। सबै जातिहरूले परमप्रभुलाई याद गर्नेछन्। संसारका हरेक कुनादेखि तिनीहरू उहाँतिर फर्किनेछन्। वंश-वंशले उहाँलाई पुज्नेछन्। परमप्रभु राजा हुनुहुन्छ र उहाँले जातिहरूमाथि राज्य गर्नुहुन्छ। सबै अहङ्कारी मानिसहरू उहाँका अघि निहुरनेछन्, सबै मरणशील मानिसहरूले, उहाँका अघि शिर झुकाउनेछन्। आउँदा पिँढीहरूले उहाँको सेवा गर्नेछन्, मानिसहरूले तिनीहरूलाई परमप्रभुको बारेमा भन्नेछन्। आजसम्म नजन्मिएका मानिसहरूलाई तिनीहरूले भन्नेछन्, “परमप्रभुले आफ्ना प्रजालाई बचाउनुभयो।”