परमप्रभु, म तपाईंलाई पुर्कादछु, मलाई अहिले सहायता गर्नुहोस्! मैले तपाईंलाई पुकार्दा मेरो बिन्ती सुन्नुहोस्। मेरा प्रार्थना धूपझैँ र मेरा उचालिएका हात साँझका बलिझैँ ग्रहण गर्नुहोस्। हे परमप्रभु, मेरो मुखमा पहरा खटाउनुहोस्। मेरो ओठको ढोकामा रखवाली गरिदिनुहोस्। मलाई दुष्ट काम गर्ने इच्छा गर्नदेखि र दुष्टहरूका दुष्टतामा साथ दिनदेखि बचाउनुहोस्; तिनीहरूका भोज-भतेरमा म कहिल्यै नबसूँ। असल मानिसले मलाई दण्ड देऊन् र दयाले हकारून्, तर दुष्ट मानिसबाट म आदर पनि कहिल्यै लिनेछैनँ किनभने तिनीहरूका दुष्ट कामका विरुद्धमा मैले सधैँ प्रार्थना गरिरहेको छु। तिनीहरूका शासकहरू चट्टानका पहाडदेखि फ्याँकिंदा मानिसहरूले मेरा कुरा साँचो रहेछ भनी मान्नेछन्। दाउरा चिरेर टुक्रा-टुक्रा पारेझैँ चिहानका किनारमा तिनका हड्डीहरू फ्याँकिएका छन्। तर म तपाईंमा भरोसा गरिरहन्छु, मेरा सार्वभौम परमप्रभु! म तपाईंको सुरक्षा चाहन्छु, मलाई मर्न नदिनुहोस्। तिनीहरूले थापेका धरापदेखि, ती दुष्ट काम गर्नेहरूले बिछाएका जालदेखि मेरो सुरक्षा गर्नुहोस्। दुष्टहरू आफूले थापेको पासोमा आफैं परून्, मचाहिँ कुशलसित उम्कन पाऊँ।
भजनसंग्रह 141 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 141:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू