YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 120:1-7

भजनसंग्रह 120:1-7 सरल नेपाली

मैले कष्‍टमा छँदा परमप्रभुलाई पुकारें र उहाँले मलाई उत्तर दिनुभयो। झूटा र छलीहरूदेखि मलाई बचाउनुहोस्, हे परमप्रभु! हे झूटाहरू हो! परमेश्‍वरले तिमीहरूलाई के गर्नुहुनेछ? उहाँले कस्‍तो दण्‍ड तिमीहरूलाई दिनुहुनेछ? सिपाहीको तीखो काँडले र जलिरहेको आगोको भुङ्ग्राले तिमीहरूलाई उहाँले दण्‍ड दिनुहुनेछ! तिमीहरूका माझमा बास गर्नु, मेशेक वा केदारका मानिसहरूका बीचमा बास गर्नु जतिकै खराब छ। शान्‍तिलाई घृणा गर्ने मानिसहरूसँग म धेरै दिनदेखि बास गरिरहेको छु। जब म शान्‍तिको कुरा गर्दछु, तिनीहरू लडाइँ गर्न तयार हुन्‍छन्।

भजनसंग्रह 120 पढ्नुहोस्