YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 120:1-7

भजनसंग्रह 120:1-7 NNRV

मेरो सङ्कष्‍टमा म परमप्रभुलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्‍छ। हे परमप्रभु, झूट बोल्‍ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्‌। ए छली जिब्रो, उहाँले तँलाई के गर्नुहोला? तँसँग अरू बढ़ी के गर्नुहोला? उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ, र झाडीको आगोले झैँ दण्‍ड दिनुहुनेछ। धिक्‍कार मलाई, कि म मेशेकमा वास गर्दछु, र केदारका पालहरूका बीचमा बसेको छु! शान्‍तिलाई घृणा गर्नेहरूका बीचमा मैले वास गरेको धेरै भयो। म त शान्‍तिप्रिय व्‍यक्ति हुँ, तर जब म बोल्‍छु, तिनीहरू लड़ाइँ गर्न तत्‍पर हुन्‍छन्‌।