YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:89-96

भजनसंग्रह 119:89-96 सरल नेपाली

हे परमप्रभु! तपाईंको वचन सदा-सर्वदा रहनेछ, यो स्‍वर्गमा अनन्‍त छ। तपाईंको विश्‍वासयोग्‍यता युगयुगसम्‍म रहँदछ, तपाईंले पृथ्‍वीलाई त्‍यसको ठाउँमा राख्‍नुभएको छ र त्‍यो कतै सर्दैन। तपाईंको आज्ञाले सबै कुरा आजसम्‍म रहेका छन् किनभने ती सबै तपाईंका सेवकहरू हुन्। तपाईंको व्‍यवस्‍था मेरो रमाहटको मूल कारण नहुँदो हो त म मेरा कष्‍टमा मरिसक्‍नेथिएँ। म तपाईंका अर्तीहरू कहिल्‍यै भुल्‍नेछैनँ किनभने तपाईंले तीद्वारा मलाई जीवित राख्‍नुभएको छ। म तपाईंको हुँ, मलाई बचाउनुहोस्! मैले तपाईंका आज्ञाहरू मान्‍ने चेष्‍टा गरेको छु। दुष्‍टहरू मलाई मार्न पर्खिरहेका छन्, तर म तपाईंका व्‍यवस्‍थाहरूमा ध्‍यान गर्नेछु। हरेक कुराको सीमितता छ भनी मैले सिकेको छु, तर तपाईंको आज्ञा सिद्ध छ।

भजनसंग्रह 119 पढ्नुहोस्