YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:89-96

भजनसंग्रह 119:89-96 NNRV

हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्‍त छ, आकाशमा त्‍यो स्‍थिर रहन्‍छ। तपाईंको विश्‍वसनीयता सबै पुस्‍तासम्‍म रहन्‍छ। तपाईंले पृथ्‍वी स्‍थापित गर्नुभयो, अनि त्‍यो स्‍थिर छ। तपाईंका विधानहरू आजको दिनसम्‍म स्‍थिर छन्‌, किनकि सबै थोकले तपाईंको सेवा गर्छन्‌। तपाईंको व्‍यवस्‍था मेरो निम्‍ति आनन्‍द नहुँदो हो त, म आफ्‍नो कष्‍टमा नष्‍ट भइसक्‍नेथिएँ। तपाईंका आदेशहरू म कहिल्‍यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्‍नुभएको छ। मलाई बचाउनुहोस्‌, किनकि म तपाईंकै हुँ। मैले तपाईंका आदेशहरूको खोजी गरेको छु। दुष्‍टहरू मलाई नाश गर्न ढुकिबसेका छन्‌। तर म त तपाईंका कानूनहरूमा ध्‍यान दिनेछु। सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू असीमित छन्‌।