भजनसंग्रह 119:89-96
भजनसंग्रह 119:89-96 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ। तपाईंको विश्वसनीयता सबै पुस्तासम्म रहन्छ। तपाईंले पृथ्वी स्थापित गर्नुभयो, अनि त्यो स्थिर छ। तपाईंका विधानहरू आजको दिनसम्म स्थिर छन्, किनकि सबै थोकले तपाईंको सेवा गर्छन्। तपाईंको व्यवस्था मेरो निम्ति आनन्द नहुँदो हो त, म आफ्नो कष्टमा नष्ट भइसक्नेथिएँ। तपाईंका आदेशहरू म कहिल्यै बिर्सनेछैनँ। किनकि तपाईंले तीद्वारा नै मेरो प्राणलाई सुरक्षित राख्नुभएको छ। मलाई बचाउनुहोस्, किनकि म तपाईंकै हुँ। मैले तपाईंका आदेशहरूको खोजी गरेको छु। दुष्टहरू मलाई नाश गर्न ढुकिबसेका छन्। तर म त तपाईंका कानूनहरूमा ध्यान दिनेछु। सिद्ध थोकहरूको पनि सीमा भएको मैले देखेको छु, तर तपाईंका आज्ञाहरू असीमित छन्।
भजनसंग्रह 119:89-96 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्। तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ। तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ। यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो। हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए। हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें। दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो। तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।

भजनसंग्रह 119:89-96 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तपाईंको वचन अनन्त छ; यो स्वर्गमा सदैव दृढ रहन्छ। तपाईंको विश्वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ। तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्टिले तपाईंको सेवा गर्दछन्। तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो पीडामा नष्ट भइसकेको हुन्थेँ। तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ; किनकि तीद्वारा नै तपाईंले मेरो जीवनको रक्षा गर्नुभएको छ। मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ; मैले तपाईंका विधिहरूको खोजी गरेको छु। दुष्टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु। हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु; तर तपाईंका आज्ञाहरू असीमित छन्।
भजनसंग्रह 119:89-96 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्। तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ। तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ। यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो। हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए। हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें। दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो। तपाईंको नियमहरू बाहेक प्रत्येक कुराको आफ्नो सीमा हुन्छ।
भजनसंग्रह 119:89-96 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! तपाईंको वचन सदा-सर्वदा रहनेछ, यो स्वर्गमा अनन्त छ। तपाईंको विश्वासयोग्यता युगयुगसम्म रहँदछ, तपाईंले पृथ्वीलाई त्यसको ठाउँमा राख्नुभएको छ र त्यो कतै सर्दैन। तपाईंको आज्ञाले सबै कुरा आजसम्म रहेका छन् किनभने ती सबै तपाईंका सेवकहरू हुन्। तपाईंको व्यवस्था मेरो रमाहटको मूल कारण नहुँदो हो त म मेरा कष्टमा मरिसक्नेथिएँ। म तपाईंका अर्तीहरू कहिल्यै भुल्नेछैनँ किनभने तपाईंले तीद्वारा मलाई जीवित राख्नुभएको छ। म तपाईंको हुँ, मलाई बचाउनुहोस्! मैले तपाईंका आज्ञाहरू मान्ने चेष्टा गरेको छु। दुष्टहरू मलाई मार्न पर्खिरहेका छन्, तर म तपाईंका व्यवस्थाहरूमा ध्यान गर्नेछु। हरेक कुराको सीमितता छ भनी मैले सिकेको छु, तर तपाईंको आज्ञा सिद्ध छ।