तपाईंले मलाई बनाउनुभयो र मलाई कुशल राख्नुहुन्छ, मलाई समझशक्ति दिनुहोस् र म तपाईंका व्यवस्थाहरू सिक्न सकूँ। तपाईंलाई आदर गर्नेहरू मलाई देखेर खुसी हुनेछन् किनभने म तपाईंको प्रतिज्ञामा भरोसा राख्दछु। परमप्रभु, म जान्दछु कि तपाईंका न्यायहरू धार्मिक छन् र तपाईंले मलाई दण्ड दिनुभयो किनभने तपाईं विश्वासयोग्य हुनुहुन्छ। म तपाईंको दासलाई दिनुभएको प्रतिज्ञाअनुसार तपाईंको अटुट प्रेमले मलाई सान्त्वना दिनुहोस्। ममाथि कृपालु हुनुहोस् र म जिउनेछु किनभने म तपाईंको नियममा आनन्द पाउँछु। मलाई झूटो दोष दिएको कारणले घमण्डीहरू लाजमा परून्, मचाहिँ तपाईंका अर्तीहरूमा ध्यान गर्नेछु। तपाईंलाई आदर गर्नेहरू र तपाईंका आज्ञा बुझ्नेहरू सबै मकहाँ आऊन्। मेले तपाईंका व्यवस्था पूर्णरूपले मान्न सकूँ र हार्दा हुने लाजदेखि बाँच्न सकूँ। हे परमप्रभु! तपाईंले मलाई कहिले बचाउनुहुन्छ भनी पर्खंदा-पर्खंदा म थाकिसकें। म तपाईंको वचनमा भरोसा गर्दछु। तपाईंले प्रतिज्ञा गर्नुभएको कुराको बाटो हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके र म सोध्दछु, “तपाईंले मलाई कहिले मद्दत गर्नुहुन्छ?” फ्याँकिएको दाखमद्यको मशकजस्तै म बेकामको छु, तापनि मैले तपाईंका आज्ञाहरूलाई भुलेको छैनँ। अझै मैले कहिलेसम्म पर्खनुपर्ने हो? मेरो खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ? तपाईंको आज्ञा नमान्ने घमण्डी मानिसहरूले मलाई पासोमा पार्न खाडलहरू खनेका छन्। तपाईंका सम्पूर्ण आज्ञाहरू विश्वासयोग्य छन्, झूटो कुरा भनेर मानिसहरूले मलाई सताउँछन्, मेरो मद्दत गर्नुहोस्। मलाई मार्न तिनीहरू झण्डै सफल भएका थिए, तर मैले तपाईंका आज्ञालाई बिर्सेको छैनँ। तपाईंको अनन्त प्रेमको खातिर मेरो भलाइ गर्नुहोस्, र मेले तपाईंको व्यवस्था मान्न सकूँ। हे परमप्रभु! तपाईंको वचन सदा-सर्वदा रहनेछ, यो स्वर्गमा अनन्त छ। तपाईंको विश्वासयोग्यता युगयुगसम्म रहँदछ, तपाईंले पृथ्वीलाई त्यसको ठाउँमा राख्नुभएको छ र त्यो कतै सर्दैन। तपाईंको आज्ञाले सबै कुरा आजसम्म रहेका छन् किनभने ती सबै तपाईंका सेवकहरू हुन्। तपाईंको व्यवस्था मेरो रमाहटको मूल कारण नहुँदो हो त म मेरा कष्टमा मरिसक्नेथिएँ। म तपाईंका अर्तीहरू कहिल्यै भुल्नेछैनँ किनभने तपाईंले तीद्वारा मलाई जीवित राख्नुभएको छ। म तपाईंको हुँ, मलाई बचाउनुहोस्! मैले तपाईंका आज्ञाहरू मान्ने चेष्टा गरेको छु। दुष्टहरू मलाई मार्न पर्खिरहेका छन्, तर म तपाईंका व्यवस्थाहरूमा ध्यान गर्नेछु। हरेक कुराको सीमितता छ भनी मैले सिकेको छु, तर तपाईंको आज्ञा सिद्ध छ।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:73-96
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू