YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:15-24

भजनसंग्रह 118:15-24 सरल नेपाली

परमेश्‍वरका प्रजाका पालहरूमा भएको विजयको आनन्‍दको स्‍वर सुन: “परमप्रभुको परमशक्तिले यो भएको हो। उहाँको शक्तिले, युद्ध गर्ने उहाँको परमशक्तिले हामीलाई विजय दिएको हो।” म मर्नेछैनँ, त्‍यसको सट्टामा म बाँचिरहनेछु र परमप्रभुले जे गर्नुभएको छ, त्‍यो जोडले भन्‍नेछु। उहाँले मलाई कठोर दण्‍ड त दिनुभयो, तर मेरो मृत्‍यु भने हुन दिनुभएन। मन्‍दिरका ढोकाहरू मलाई खोलिदेऊ, म भित्र पसेर परमप्रभुलाई धन्‍यवाद चढाउनेछु। यो परमप्रभुको ढोका हो, धर्मीहरूले मात्र यसभित्र पस्‍न पाउँछन्। परमप्रभु, म तपाईंको प्रशंसा गर्छु किनभने तपाईंले मेरो बिन्‍ती सुन्‍नुभएको छ र मलाई विजय दिनुभएको छ। घर बनाउनेहरूले बेकामको भनेर फ्‍याँकेको ढुङ्गाचाहिँ शिर-ढुङ्गा भएको छ। यो परमप्रभुले गर्नुभएको हो; यो कति उदेकको कुरा छ! आज परमप्रभुको विजयको दिन हो, हामी आनन्‍द गरौं र उत्‍सव मनाऔं।

भजनसंग्रह 118 पढ्नुहोस्