परमप्रभुको प्रशंसा गर! उहाँका मानिसहरूको सभामा म आफ्नो पूरा हृदयले परमप्रभुलाई धन्यवाद चढाउनेछु। परमप्रभुले गर्नुभएका कामहरू कति उदेकका छन्! तीसँग प्रसन्न हुनेहरू सबैले ती बुझ्न चाहन्छन्। उहाँले जे गर्नुहुन्छ, आदर र गौरवले भरिएका हुन्छन्, उहाँको धार्मिकता अनन्त छ। परमप्रभुले हामीलाई उहाँका उदेकका कामहरू भुल्न दिनुहुन्न, उहाँ दयालु हुनुहुन्छ र हामीलाई अनुग्रह गर्नुहुन्छ। उहाँको आदर गर्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ, आफ्नो करार उहाँले कहिल्यै भुल्नुहुन्न। विदेशीहरूका जमिन आफ्ना प्रजालाई दिनुभएर उहाँले आफ्नो शक्ति तिनीहरूलाई देखाउनुभएको छ। आफूले गर्नुभएको काममा उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ, उहाँका सबै आज्ञाहरूमा भर पर्न सकिन्छ। ती आज्ञाहरू सत्यता र धार्मिकतामा सदाकालको निम्ति दिइएका हुन्। उहाँले आफ्ना प्रजालाई छुटकारा दिनुभयो र तिनीहरूसँग एउटा अनन्त करार बाँध्नुभएको छ। उहाँ पवित्र र सामर्थी हुनुहुन्छ! परमप्रभुलाई आदर दिनु बुद्धिको बाटो लिनु हो। उहाँले आफ्ना आज्ञा मान्नेहरूलाई ठीक समझशक्ति दिनुहुन्छ। उहाँको प्रशंसा सधैँभरि हुनुपर्छ।
भजनसंग्रह 111 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 111:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू