भजनसंग्रह 111:1-10
भजनसंग्रह 111:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको प्रशंसा गर! उहाँका मानिसहरूको सभामा म आफ्नो पूरा हृदयले परमप्रभुलाई धन्यवाद चढाउनेछु। परमप्रभुले गर्नुभएका कामहरू कति उदेकका छन्! तीसँग प्रसन्न हुनेहरू सबैले ती बुझ्न चाहन्छन्। उहाँले जे गर्नुहुन्छ, आदर र गौरवले भरिएका हुन्छन्, उहाँको धार्मिकता अनन्त छ। परमप्रभुले हामीलाई उहाँका उदेकका कामहरू भुल्न दिनुहुन्न, उहाँ दयालु हुनुहुन्छ र हामीलाई अनुग्रह गर्नुहुन्छ। उहाँको आदर गर्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ, आफ्नो करार उहाँले कहिल्यै भुल्नुहुन्न। विदेशीहरूका जमिन आफ्ना प्रजालाई दिनुभएर उहाँले आफ्नो शक्ति तिनीहरूलाई देखाउनुभएको छ। आफूले गर्नुभएको काममा उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ, उहाँका सबै आज्ञाहरूमा भर पर्न सकिन्छ। ती आज्ञाहरू सत्यता र धार्मिकतामा सदाकालको निम्ति दिइएका हुन्। उहाँले आफ्ना प्रजालाई छुटकारा दिनुभयो र तिनीहरूसँग एउटा अनन्त करार बाँध्नुभएको छ। उहाँ पवित्र र सामर्थी हुनुहुन्छ! परमप्रभुलाई आदर दिनु बुद्धिको बाटो लिनु हो। उहाँले आफ्ना आज्ञा मान्नेहरूलाई ठीक समझशक्ति दिनुहुन्छ। उहाँको प्रशंसा सधैँभरि हुनुपर्छ।
भजनसंग्रह 111:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको प्रशंसा गर। मेरो सम्पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्च पार्नेछु। परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्। उहाँका काम महिमामय र वैभवशाली छन्, र उहाँको धार्मिकता सदाकाल रहिरहन्छ। उहाँले आफ्ना आश्चर्यकर्म स्मरण गराउनुभएको छ, परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ। उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ, अनि आफ्नो करारको सधैँ सम्झना राख्नुहुन्छ। उहाँले आफ्नो प्रजालाई अरू जातिहरूको उत्तराधिकार दिएर, आफ्ना कार्यको शक्ति आफ्ना जनलाई देखाउनुभएको छ। उहाँका हातका कामहरू विश्वासयोग्य र न्यायपूर्ण छन्, उहाँका सबै आदेश विश्वसनीय हुन्छन्। ती सदाकालको लागि अटल छन्, विश्वासयोग्यता र सत्यतामा गरिएका छन्। उहाँले आफ्ना मानिसहरूका निम्ति उद्धार उपलब्ध गराउनुभयो, उहाँले आफ्नो करार सदा स्थिर रहोस् भनी आज्ञा गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोग्य छ। परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ।

भजनसंग्रह 111:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले, धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्च पार्नेछु। याहवेहका कार्यहरू महान् छन्; ती कार्यहरूमा प्रसन्न हुनेहरू सबैले तीमाथि मनन गर्छन्। उहाँका कार्य महिमामय र ऐश्वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ। उहाँले आफ्ना अद्भुत कार्यहरूको स्मरण गराउनुभएको छ; याहवेह अनुग्रही र दयालु हुनुहुन्छ। उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ; र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ। अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर, उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ, उहाँका हातका कार्य विश्वासयोग्य र न्यायपूर्ण छन्; उहाँका सबै विधिहरू भरपर्दा छन्। ती सदासर्वदाको लागि अटल छन्, ती धार्मिकता र विश्वासयोग्यतामा लागू गरिएका छन्। उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो; उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो— उहाँको नाम पवित्र र भययोग्य छ। याहवेहको भय नै बुद्धिको सुरुवात हो; उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्। उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।
भजनसंग्रह 111:1-10 पवित्र बाइबल (NERV)
परमप्रभुको प्रशंसा गर! म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्) आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु। परमप्रभुले आश्चर्यकामहरू गर्नुहुन्छ। मानिसहरूले त्यस्तै असल कुराहरू चाहन्छन् जुन परमेश्वरबाट आउँदछ। परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो। उहाँको धार्मिकता सदा-सर्वदा रहने छ। परमेश्वरले आश्चर्यकामहरू गर्नु भएकोले उहाँलाई सम्झिइने कि परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ। परमेश्वरले आफ्ना अनुवाईहरूलाई भोजन दिनुहुन्छ, उहाँले आफ्नो करार सदा-सर्वदा सम्झनु हुन्छ। उहाँको प्रभावशाली कर्महरूले प्रमाण दियो कि उहाँले तिनीहरूलाई अन्य जातिहरूको जमीन दिंदै हुनुहुन्थ्यो। प्रत्येक कुरा परमेश्वरले धर्मी रूपमा र निष्पक्ष रूपमा गर्नुहुन्छ। उहाँका सारा आज्ञाहरू सबै नै विश्वास योग्यका छन्। परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्। ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर ईमान्दार र शुद्ध हुनुहुन्छ। परमेश्वरले आफ्ना मानिसहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूसँग एउटा करार गर्नुभयो जुन सर्वदा रहने छ। परमेश्वरको नाउँ पवित्र र भययोग्य छ। ज्ञान परमेश्वरको भय र आदरबाट प्रारम्भ हुन्छ। मानिसहरू जसले परमेश्वरलाई मान्दछ उनीहरू ज्ञानी हुन्। स्तुति प्रशंसाहरू परमेश्वर प्रति सर्वदा गाइनेछ।