परमप्रभुको प्रशंसा गर। मेरो सम्पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्च पार्नेछु। परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्। उहाँका काम महिमामय र वैभवशाली छन्, र उहाँको धार्मिकता सदाकाल रहिरहन्छ। उहाँले आफ्ना आश्चर्यकर्म स्मरण गराउनुभएको छ, परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ। उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ, अनि आफ्नो करारको सधैँ सम्झना राख्नुहुन्छ। उहाँले आफ्नो प्रजालाई अरू जातिहरूको उत्तराधिकार दिएर, आफ्ना कार्यको शक्ति आफ्ना जनलाई देखाउनुभएको छ। उहाँका हातका कामहरू विश्वासयोग्य र न्यायपूर्ण छन्, उहाँका सबै आदेश विश्वसनीय हुन्छन्। ती सदाकालको लागि अटल छन्, विश्वासयोग्यता र सत्यतामा गरिएका छन्। उहाँले आफ्ना मानिसहरूका निम्ति उद्धार उपलब्ध गराउनुभयो, उहाँले आफ्नो करार सदा स्थिर रहोस् भनी आज्ञा गर्नुभयो। उहाँको नाउँ पवित्र र भययोग्य छ। परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समझशक्ति ठीक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ।
भजनसंग्रह 111 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 111
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 111:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू