YouVersion लोगो
खोज आइकन

हितोपदेश 7:21-26

हितोपदेश 7:21-26 सरल नेपाली

त्‍यसरी मोहनी लाएर त्‍यस ठिटोलाई त्‍यसले फसाई र त्‍यसका चाप्‍लुसी कुरामा त्‍यो फस्‍यो। कसाईकहाँ काटिन लगिएको साँढेझैँ अथवा मृग उफ्रेर पासोमा परेझैँ, जहाँ काँडले त्‍यसको मुटु छेड्‍नेछ, त्‍यो एका-एक त्‍यस स्‍त्रीको पछि लाग्‍यो। जालमा फस्‍न लागेको चराझैँ त्‍यो हिँड्यो, आफ्‍नो ज्‍यानलाई खतरा भएको त्‍यसले चालै पाएन। ए मेरा छोराहरू हो, अब मेरो कुरा सुन। मैले भनेका कुरामा ध्‍यान देओ। त्‍यस्‍ती स्‍त्रीले तिम्रो मन बराल्‍न नपाओस्, त्‍यसको पछि नबरालिऔ। त्‍यसले धेरै मानिसहरूको जीवन बरबाद गरेकी छे र त्‍यसले नाश गरेका मानिसको गन्‍ती नै छैन।

हितोपदेश 7 पढ्नुहोस्