फकाई-फुस्लाईकन त्यसले उसलाई रनभुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई। तुरुन्तै ऊ त्यसको पछि लाग्यो, वधशालातिर लागेको गोरुझैँ, पासोतिर अगि बढ़िरहेको मृगझैँ। तब बाणले त्यसको कलेजो नै छेड़िदिन्छ, जालतिर वेगले उड़ेको चराझैँ, आफ्नो ज्यानै गुमाउँछु भन्ने उसलाई ज्ञानै छैन। अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मैले भनेको कुरामा ध्यान देओ। तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेओ, त्यसको बाटोतिर बरालिएर नजाओ। त्यसले धेरै जनालाई नष्ट पारेकी छे, त्यसको शिकार बन्नेहरू असंख्य छन्।
हितोपदेश 7 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 7:21-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू