YouVersion लोगो
खोज आइकन

हितोपदेश 5:7-14

हितोपदेश 5:7-14 सरल नेपाली

ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्‍यै नछोड। त्‍यस्‍ती आइमाईबाट टाढा बस! त्‍यसको घरको ढोकाको नजिक पनि नजाओ! नत्र त तिमीहरूले आफ्‍नो इज्‍जत अर्काका हातमा र आफ्‍नो प्राण जवान छँदै निष्‍ठुर मानिसहरूका हातमा गुमाउनेछौ। अँ, विदेशीहरूले तिमीहरूका धन-सम्‍पत्ति लिनेछन् र तिम्रा मिहिनेतको फल अरूलाई हुनेछ। अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्‍नेछौ र हाड र छाला मात्र हुनेछौ। अनि तिमीले भन्‍नेछौ, “हाय! मैले किन समयमा शिक्षा लिइनँ? किन कसैबाट सुधारको कुरा ग्रहण गरिनँ? मेरा शिक्षकहरूका कुरा सुनिनँ। तिनीहरूका कुरामा ध्‍यानै दिइनँ र अचानक सारा समाजअघि मेरो बेइज्‍जत भएको थाहा पाएँ।”

हितोपदेश 5 पढ्नुहोस्