हितोपदेश 12:17-22
हितोपदेश 12:17-22 सरल नेपाली
सत्य वचन बोल्दा न्यायको जगेरा हुन्छ, झूटो वचनले अन्याय ल्याउँदछ। नसोची बोलेका शब्दले तरवारले झैँ गहिरो चोट लाउन सक्दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ। झूटो थोरै समयको निम्ति मात्र हो तर सत्य सदा रहिरहन्छ, दुष्ट उपाय निकाल्नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्। धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्टमाथि दु:खै-दु:ख मात्र हुन्छ। झूटो बोल्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर आफ्ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्छ।

