YouVersion लोगो
खोज आइकन

हितोपदेश 12:17-22

हितोपदेश 12:17-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

साँचो साक्षीले सत्य बोल्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ। विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्‌को जिब्रोले निको पार्छ। सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ। खराब योजना रच्नेहरूका हृदयमा छलकपट हुन्छ; तर शान्तिलाई प्रोत्साहन दिनेहरूको निम्ति आनन्द हुन्छ। धर्मीमाथि हानिको कुनै प्रभाव हुँदैन, तर दुष्‍टहरू सङ्कष्‍टले भरिएका हुन्छन्। याहवेहले झूटो बोल्ने ओठलाई घृणा गर्नुहुन्छ; तर भरोसायोग्य मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्

हितोपदेश 12:17-22 पवित्र बाइबल (NERV)

एक सत्यवादी गवाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ। विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ। जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ। ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउँछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन। एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु:ख पाउँछ। परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्

हितोपदेश 12:17-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सत्‍य वचन बोल्‍दा न्‍यायको जगेरा हुन्‍छ, झूटो वचनले अन्‍याय ल्‍याउँदछ। नसोची बोलेका शब्‍दले तरवारले झैँ गहिरो चोट लाउन सक्‍दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ। झूटो थोरै समयको निम्‍ति मात्र हो तर सत्‍य सदा रहिरहन्‍छ, दुष्‍ट उपाय निकाल्‍नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्। धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्‍टमाथि दु:खै-दु:ख मात्र हुन्‍छ। झूटो बोल्‍नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ तर आफ्‍ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 पढ्नुहोस्