YouVersion लोगो
खोज आइकन

हितोपदेश 12:17-22

हितोपदेश 12:17-22 NNRV

एक सत्‍यवादी साक्षीले ईमानदार गवाही दिन्‍छ, तर झूटो साक्षीले झूटो कुरा बोल्‍छ। असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ। सत्‍य बोल्‍ने ओठ सधैँ स्‍थिर रहन्‍छन्, तर झूट बोल्‍ने जिब्रो केही क्षण मात्रै टिक्‍छ। खराब युक्ति रच्‍नेहरूको हृदय छली हुन्‍छ, तर शान्‍तिको बढौती गर्नेलाई रमाहट हुन्‍छ। धर्मीमाथि हानि आइपर्दैन, तर दुष्‍टहरू दु:ख-कष्‍टले भरिएका हुन्‍छन्‌। परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्‍छ, तर उहाँ सत्‍यवादी मानिससँग प्रसन्‍न हुनुहुन्‍छ।