मोशाले परमप्रभु बास गर्ने पवित्र पाल खडा गरिसकेको दिन पवित्र पाल र वेदी, तिनका सारा सर-सामानसहित अभिषेक गरी चढाए। तब इस्राएलीहरूका जनगणना गर्न जिम्मेवारी लिएका कुल मुखियाहरूले आ-आफ्ना भेटीहरू हरेक मुखियाको निम्ति एउटा गोरु र दुई मुखियाको बीच एउटा गाडाको हिसाबले जम्मा बाह्र गोरु र ६ गाडाहरू परमप्रभुकहाँ ल्याए। ती भेटीहरू परमप्रभुकहाँ चढाएपछि परमप्रभुले मोशालाई भन्नुभयो, “यी भेटीहरू पवित्र पालको काममा चलाउन ग्रहण गर् र तिनीहरूले गर्नुपर्ने कामअनुसार लेवीहरूलाई दे।” र मोशाले ती गाडा र गोरुहरू लेवीहरूलाई दिए। तिनले दुई गाडा र चार गोरुहरू गेर्शोनीहरूलाई दिए अनि चार गाडा र आठ गोरु मरारीहरूलाई दिए। तिनीहरूका सबै काम हारूनको छोरा ईतामारको आदेशमा गरिनुपर्थ्यो। तर मोशाले कहातीहरूलाई गाडा वा गोरुहरू दिएनन् किनकि तिनीहरूले आफ्ना जिम्मामा रहेका पवित्र वस्तुहरू आ-आफ्ना काँधमा बोक्नुपर्थ्यो। वेदीको अर्पण कार्य मनाउनलाई पनि मुखियाहरूले भेटीहरू ल्याए। तिनीहरू ती भेटीहरू वेदीमा चढाउनलाई जब तयार भए, परमप्रभुले मोशालाई भन्नुभयो, “तिनीहरूलाई भन् कि बाह्र दिनसम्म हरेक दिन वेदीको अर्पणको निम्ति एक-एक जना मुखियाले आ-आफ्नो भेटी चढाउनेछ।”
गन्ती 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 7:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू