गन्ती 7
7
अगुवाहरूका भेटीहरू
1मोशाले परमप्रभु बास गर्ने पवित्र पाल खडा गरिसकेको दिन पवित्र पाल र वेदी, तिनका सारा सर-सामानसहित अभिषेक गरी चढाए। 2तब इस्राएलीहरूका जनगणना गर्न जिम्मेवारी लिएका कुल मुखियाहरूले 3आ-आफ्ना भेटीहरू हरेक मुखियाको निम्ति एउटा गोरु र दुई मुखियाको बीच एउटा गाडाको हिसाबले जम्मा बाह्र गोरु र ६ गाडाहरू परमप्रभुकहाँ ल्याए। ती भेटीहरू परमप्रभुकहाँ चढाएपछि 4परमप्रभुले मोशालाई भन्नुभयो, 5“यी भेटीहरू पवित्र पालको काममा चलाउन ग्रहण गर् र तिनीहरूले गर्नुपर्ने कामअनुसार लेवीहरूलाई दे।” 6र मोशाले ती गाडा र गोरुहरू लेवीहरूलाई दिए। 7तिनले दुई गाडा र चार गोरुहरू गेर्शोनीहरूलाई दिए 8अनि चार गाडा र आठ गोरु मरारीहरूलाई दिए। तिनीहरूका सबै काम हारूनको छोरा ईतामारको आदेशमा गरिनुपर्थ्यो। 9तर मोशाले कहातीहरूलाई गाडा वा गोरुहरू दिएनन् किनकि तिनीहरूले आफ्ना जिम्मामा रहेका पवित्र वस्तुहरू आ-आफ्ना काँधमा बोक्नुपर्थ्यो।
10वेदीको अर्पण कार्य मनाउनलाई पनि मुखियाहरूले भेटीहरू ल्याए। तिनीहरू ती भेटीहरू वेदीमा चढाउनलाई जब तयार भए, 11परमप्रभुले मोशालाई भन्नुभयो, “तिनीहरूलाई भन् कि बाह्र दिनसम्म हरेक दिन वेदीको अर्पणको निम्ति एक-एक जना मुखियाले आ-आफ्नो भेटी चढाउनेछ।” 12-83तिनीहरूले आफ्ना भेटीहरू यस प्रकारले चढाए:
दिन | कुल | मुखिया |
---|---|---|
पहिलो | यहूदा | अम्मीनादाबको छोरो नहशोन |
दोस्रो | इस्साखार | सूआरको छोरो नतनेल |
तेस्रो | जबूलून | हेलोनको छोरो एलीआब |
चौथो | रूबेन | शदेऊरको छोरो एलीसूर |
पाँचौँ | शिमियोन | सूरीशद्दैको छोरो शलूमीएल |
छैटौँ | गाद | दूएलको छोरो एल्यासाप |
सातौँ | एफ्राइम | अम्मीहूदको छोरो एलीशामा |
आठौँ | मनश्शे | पदासूरको छोरो गमलिएल |
नवौँ | बेन्यामीन | गिदेओनीको छोरो अबीदान |
दशौँ | दान | अम्मीशद्दैको छोरो अहीएजेर |
एघारौँ | आशेर | ओक्रानको छोरो पगीएल |
बाह्रौँ | नप्ताली | एनानको छोरो अहीरा। |
हरेक मुखियाले ल्याएका भेटीहरू एकनासका र यस प्रकारका थिए– अन्नबलिको निम्ति तेलसित मुछेको पिठोले भरिएका दुईवटा चाँदीका पात्रहरू– एउटा अधिकारीहरूले तोकेको ओजनअनुसार डेढ किलोग्रामको बटुको र अर्को आठ सय किलोग्रामको भाँडो, धूपले भरिएको एउटा एक सय दश ग्रामका सुनको थाल, होमबलिको निम्ति एउटा साँढे, एउटा साँढ-भेडा र एउटा एकवर्षे थुमा, पापबलिको निम्ति एउटा बाख्रा र मेलबलिको निम्ति दुईवटा साँढे, पाँचवटा भेडा, पाँचवटा बाख्रा र पाँचवटा भेडाका एकवर्षे थुमाहरू।
84-88वेदी अर्पण गर्नलाई ती बाह्र जना मुखियाहरूले ल्याएका जम्मा भेटी यस प्रकारका थिए:
बाह्रवटा चाँदीका बटुको र बाह्रवटा चाँदीका भाँडाहरू, जसको जम्मा ओजन सत्ताईस किलो अनि ६ सय ग्राम थियो,
धूपले भरिएका बाह्रवटा सुनका धुपौरा, जसको पूरा ओजन एक किलो तीन सय बीस ग्राम थियो,
होमबलिको निम्ति बाह्रवटा साँढे, बाह्रवटा भेडा र बाह्रवटा एकवर्षे भेडाका थुमाहरू र तीसित चढाइने अन्नबलिका सामान,
पापबलिको निम्ति बाह्रवटा बाख्राहरू, मेलबलिको निम्ति चौबीसवटा साँढे, साठीवटा भेडा र साठीवटा बाख्राहरू र साठीवटा एकवर्षे भेडाका थुमाहरू।
89जब मोशा पवित्र पालमा परमप्रभुसित कुरा गर्नलाई गए, तिनले करारको सन्दुकको प्रायश्चितको ढकनामाथि भएका दुईवटा करूबहरूका बीचबाट परमप्रभु बोल्दै गर्नुभएको सुने।
अहिले सेलेक्ट गरिएको:
गन्ती 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.